close

गौरका विद्यालयमा आधुनिक प्रविधिमार्फत अध्यापन सुरु, पोषण सुधारमा कार्यरत संस्थालाई तिलाको अनुदान (भिडियाेसहित)

गौरका विद्यालयमा आधुनिक प्रविधिमार्फत अध्यापन सुरु, पोषण सुधारमा कार्यरत संस्थालाई तिलाको अनुदान (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनी सम्बन्ध
गोरखाको भीमसेन थापा गाउँपालिका र चुमनुव्री गाउँपालिकाबीच भगिनीसम्बन्ध कायम भएको छ । पालिकाबीच समन्वय एवं सहकार्य गरी असल अभ्यास र अनुभव आदानप्रदान गर्न समझदारीपत्रमा हस्ताक्षर भएको भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए।

समझदारीपत्रमा भीमसेन थापा गाउँपालिका तर्फबाट अध्यक्ष बञ्जरा, प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारी, चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामा र प्रमुख प्रशासकिय अधिकृत भीमसेन श्रेष्ठले हस्ताक्षर गरेका छन्।

शिवसताक्षीमा भोली सेवा प्रवाह प्रभावित हुने

झापाको शिवसताक्षी नगरपालिकामा भोली सेवा प्रवाह प्रभावित हुने भएको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै फागुन १२ गते नगरपालिकाका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा प्रभावित हुने जनाएको छ। उक्त दिन नगरपालिकाको बाह्रौ नगरसभा सञ्चालन गरिने भएकाले सेवा प्रवाह प्रभावित रहने सुचनामा उल्लेख छ।

गौरका विद्यालयमा आधुनिक प्रविधिमार्फत अध्यापन सुरु

रौतहटको गौर नगरपालिकाको जुद्व माध्यमिक विद्यालयमा आधुनिक प्रविधिमार्फत अध्यापन सुरु गरिएको छ । 

आधुनिक प्रविधिमार्फत अध्यापन गराउनका लागि जर्मनबाट आवश्यक शैक्षिक सामग्रीको व्यवस्थापन गरिएको विद्यालयले जनाएको छ ।  बुधबार आधुनिक प्रविधिको उद्घाटन गर्दै नगरप्रमुख शम्भु साहले विद्यार्थीलाई अध्ययनमा रुची बढाउनुका साथै पढ्न सहज गराउनका लागि आधुनिक प्रविधिको प्रयोगमा ल्याएको बताए । नगरको शिक्षाको गुणस्तर सुधार, नगरभित्रका बालबालिको उज्वल भविष्यको लागि पालिकाले आवश्यक नीति, कार्यक्रम तथा योजना बनाएको प्रमुख शाहको भनाई छ।

पर्सागढीमा मानव सेवा केन्द्रको शिलान्यास
वीरगञ्जको पर्सागढी नगरपालिकामा मानव सेवा केन्द्रको शिलान्यास गरिएको छ । वडा नम्बर ३ मा बुधबार नगरप्रमुख गोकर्ण पाठकले केन्द्रको शिलान्यास गरेका हुन् । 

दुई कोठे भवन निर्माणको लागि १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० मा १२ लाख र आमोदेवि मानव सेवा केन्द्रले ५ लाख रुपैँया बजेट विनियोजन गरिएको जनाएको छ । केन्द्रका अध्यक्ष अशोक बुर्लाकोटीका अनुसार  जेष्ठ नागरिक तथा सहाराविहीन व्यक्तिलाई आवासको व्यवस्थापन गर्नको लागि भवनको निर्माण गर्न लागेको हो । 

खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालन

नुवाकोटको तादी गाँउपालिका–३ खरानीटारमा ग्रामीण आँखा केन्द्र सञ्चालनमा आएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको समन्वय तथा तादी गाउँपालिकाको सहयोगमा सो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

आवश्यक जनशक्तिको व्यवस्थापनसहित उनीहरुलाई तालीम, भौतिक संरचनाको निर्माण, बिरामी जाँचको लागी आवश्यक उपकरणसहितको चस्मा र औषधिको व्यवस्थापन गरेर सेवा सुरु गरिएको तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले जानकारी दिए। उनका अनुसार केन्द्रबाट आँखासम्बन्धी ससाना प्रकृतिका शल्यक्रियासहित आँखा जाँच, मोतियाबिन्दुको पहिचान, आँखाको लागि आवश्यक औषधि र चस्मा सेवा उपलब्ध गराइएको छ ।

पोषण सुधारमा कार्यरत संस्थालाई तिलाको अनुदान

जुम्लाको तिला गाउँपालिकाले महिला सहकारी सस्थालाई अनुदान दिने भएको छ । गाउँपालिकाले पालिका क्षेत्रभित्र पूर्ण सहभागीता र पोषण सुधारको लागि कार्यरत संस्थालाई अनुदान वितरण गर्न लागेको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा गाउँपालिकाले सो क्षेत्रमा कार्यरत संस्थालाई अनुदान दिन लागेको हो । गाउँपालिकाको अनुसार प्रत्येक संस्थाका २५ जना सदस्यलाई २५ हजार रुपैयाँ अनुदान रकम दिनेगरि ६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । सो कार्यक्रममा सहभागी हुन संस्थाले ३० दिनभित्र दर्ता हुन गाउँपालिकाले अनुरोध गरेको छ । 

भक्तपुरमा सहकारी नियमावली २०७९ सर्वसम्मतिले पारित

भक्तपुरको भक्तपुर नगरपालिकाले सहकारी नियमावली २०७९ सर्वसम्मत रुपमा पारित गरेको छ । बुधबार नगरप्रमुख सुनील प्रजापतिको अध्यक्षतामा बसेको तेहौं नगरसभाको बैठकले सहकारी नियमावली २०७९ पारित गरेको हो । 

 नगरपालिकाको सहकारी ऐन २०७४ लाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न सहकारी नियमावली २०७९ प्रस्तुत गरिएको नगरप्रमुख सुनिल प्रजापतिले बताए। नगरभित्र सहकारीहरुलाई नियमन गरी उत्पादनमूलक क्षेत्रमा लगानी गराउन नियमावलीले थप सहयोग पुर्याउने उनले जानकारी दिए।