close

केपिलासगढीमा अनुगमन सूर्यविनायकमा फुटसल (भिडियाेसहित)

केपिलासगढीमा अनुगमन सूर्यविनायकमा फुटसल (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

केपिलासगढीको जनप्रतिनिधिद्धारा बत्ती जडानको अनुगमन
खोटाङको केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राईसहितको टोलीले स्थलगत अनुगमन गरेको छ । गाउँपालिकाअध्यक्ष  राईसहितको टोलीले शनिबार स्थलगत अनुगमन गरेको हो । 
अध्यक्ष राईसहित विद्युत प्राधिकरण दिक्तेल बितरण केन्द्रका प्रमुख इन्जिनियर बिजयराज रेग्मी, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्जिनियर गुन्जन कार्की बक्सिलामा विद्युत बाल्न बाँकी रहेका वस्ति स्थलगत अनुगमन गरेको गाउँपालिकाले जनाएको छ । उज्यालो पालिका बनाउने हाम्रो अभियान अन्तर्गत सो अनुगमन गरेको अध्यक्ष राईले बताए । 

अध्यक्ष राईका अनुसार  गाउँपालिकाको वडा नम्बर ४ को दस्कतेमा २५ के भि ए ट्रान्सर्फमर जडान तथा एल टि लाइन बिस्तार कार्य सम्पन्न भएको छ। बाक्सिलाका सबै बाँकी घरहरुमा विद्युत पुर्याउन पालिकाको लक्ष्य रहेको उनले बताए ।

 निर्माण सामग्री स्टकमा नबेच्न पनौतीको अनुरोध
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले निर्माण सामग्री स्टक राखी बिक्रीन नगर्न अनुरोध गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । 

नगरपालिकाको अनुसार नगर क्षेत्रभित्र र खोपासी पनौती सडकमा क्षेत्रमा घर निर्माण सामग्री स्टकमा राखि विक्रि भइरहेको गुनासो आएपछि सो अनुरोध गरेको हो । नगरपालिकाले सो कार्य नगर्न र नगराउनका लागि व्यवसायीलाई अनुरोध गरेको जनाएको छ । 

नगरपालिकाको निर्देशनपछि पनि सोही काम गरेमा कानुन बमोजिम कारबाही गरिने सो सूचनामा उल्लेख गरिएको छ ।
 

धनगढीमाईले कृषकको सिँचाई मिटरको बिल भुक्तानी गर्ने
सिरहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाई मिटरको बिल भुक्तानी गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप बिल भुक्तानी गर्न लागेको हो । 

नगरपालिकाको अनुसार नगर क्षेत्रका किसानलाई प्रोत्साहन तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्नको लागि कृषि मिटरको विद्युत महसुल भुक्तानी गर्ने कार्यक्रम निर्धारण गरेको हो । सोका लागि चैत १५ गते भित्र कृषि विकास शाखामा भुक्तानी तिर्नका लागि निवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ । 

गत असार मसान्तभन्दा पछिको रकम मात्रै पालिकाले भुक्तानी गर्ने र सोभन्दा पहिलेको कृषक स्वयम्ले भुक्तानी गर्नुपर्ने सो सूचनामा उल्लेख गरिएको छ ।

 सोलुदुधकुण्डमा शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सम्पन्न 
सोलुखुम्बको सोलुदुधकुण्ड नगरपालिकामा ३ दिने नगरपालिकाको शिक्षा योजना निर्माण कार्याशाला गोष्ठी सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सल्लेरीमा सो गोष्ठी सम्पन्न भएको हो । 

गोष्ठिमा नगर क्षेत्रमा शिक्षाको सुधार गर्नको लागि सो गोष्ठि सञ्चालन गरिएको हो । गोष्ठिबाट शिक्षाको प्लान अति आवश्यक रहेको पालिकाले जनाएको छ । 

गोष्ठिमा शिक्षक, प्रधानाध्यापक तथा सरोकारवाला निकायका ५० जना व्यक्तिको सहभागीता रहेको पालिकाले जनाएको छ ।
 

नारी दिवसको अवसरमा थबाङमा प्रतियोगिता
रोल्पाको थबाङ गाउँपालिकाले नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै फागुन २४ गते नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । 

सूचनाको अनुसार सो दिन र्याली, वक्तृत्वकला प्रतियोगिता, लोक दोहोरी र म्युजिकल चियर प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिलाई सहभागी हुन गाउँपालिकाले सोही सूचनामार्फत अनुरोध गरेको छ ।
 

उच्च शिक्षा हासिल गर्नेलाई निःशुल्क भर्ना
पाल्पाको  रामपुर नगरपालिकाले विद्यार्थी सहयोग विशेष कार्यक्रम कार्यान्वयनमा  ल्याएको छ ।  विशेष गरेर दलित, विपन्न, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीलाई पठनपाठनमा सघाउ पु¥याउने ध्येयले नगरपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।  

स्नातक तथा स्नातकोत्तर तहमा रामपुरमै अध्ययन गर्न चाहने विपन्न, दलित, सिमान्तकृत तथा अपाङ्गता भएका विद्यार्थीलाई निःशुल्क भर्ना गर्न नगरपालिकाले व्यवस्था मिलाएकोछ । रामपुरमै स्नातक तथा स्नातकोत्तर तहसम्मको शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई पठनपाठनमा हौसला बढाउन नगरले शैक्षिक शुल्क सहयोगको कार्यक्रम ल्याएको नगरप्रमुख रमणबहादुर थापाले बताए ।

 स्थापना दिवसको अवसरमा सूर्यविनायकमा फुटसल
भक्तपुरको सूर्यविनायक नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिबिच फुटसल प्रतियोगिता हुने भएको छ । नगरपालिकाको आयोजनामा फुटसल प्रतियोगिता हुन लागेको हो । 

नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाभित्रका कर्मचारी र जनप्रतिनिधिबिच फुटसल प्रतियोगिता हुन लागेको जनाइएको हो । नगरपालिकाको छैठौं स्थापना दिवसको अवसरमा सो प्रतियोगिता हुन लागेको जनाइएको छ ।  फागुन २५ गते सो प्रतियागिता हुने नगरपालिकाले सो सूचनामा उल्लेख गरेको छ ।