close

परशुराममा नगरस्तरीय देउडा प्रतियोगिता, मोदीमा स्त्री रोगसम्बन्धि निःशुल्क स्वास्थ्य शिविर (भिडियाेसहित)

परशुराममा नगरस्तरीय देउडा प्रतियोगिता, मोदीमा स्त्री रोगसम्बन्धि निःशुल्क स्वास्थ्य शिविर (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

गोकर्णेश्वरमा कृषिमा अनुदान कार्यक्रम सञ्चालन

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले कृषिमा अनुदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै कृषिमा ५० प्रतिशत अनुदान वितरण कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कृषि अनुदान कार्यक्रम ५० प्रतिशत लागत साझेदारीमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । कृषि तथा पशुपाल क्षेत्रमा काम गर्दै आएका कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र नगरपालिकामा आवेदन दिन सक्ने छन्। 

लमहीमा गर्भाधान कार्यकर्ता माग

दाङको लमही नगरपालिकाले करार सेवामा तीनजना कर्मचारी माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार पालिकाभित्रका गाई भैंसीमा कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गर्नको लागि कर्मचारी माग गरेको हो । 

जेटिए  तालिम प्राप्त वा ग्रामीण पशु स्वास्थय तालिम प्राप्त व्यक्तिले प्रमाणपत्रसहित फागुन २९ गतेभित्र आवेदन दिन सक्ने नगरपालिकाले जनाएको छ । 

मोदीमा स्त्री रोगसम्बन्धि निःशुल्क स्वास्थ्य शिविर

पवर्तको मोदी गाउँपालिकामा स्त्री रोगसम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ११३ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

गाउँपालिकाको आयोजना र सामाजिक विकास तथा स्वास्थय मन्त्रालयको सहयोगमा सो शिविर सञ्चालन गरिएको हो । शिविरमा महिलाहरुमा हुने स्तन क्यान्सर, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर र बाझोपन सम्बन्धि समस्याबारे सेवा दिएको हो।  ३० बर्षदेखि ६० बर्षसम्मका महिला र स्त्री रोगसम्बन्धी समस्या भएका महिलालाई लक्षित गरी पशुपती आधारभूत विद्यालयमा  शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

लिखुले जित्यो बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

नुवाकोटमा आयोजित बाह्रौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको छ । 

जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा यही आइतबारदेखि सुरु भएको प्रतियोगिताको समग्र खेलमा सबैभन्दा धेरै विधामा उपाधि जित्दै रनिङ शिल्ड प्रतियोगिताको उपाधि लिखु गाउँपालिकाले जितेको हो । 

प्रतियोगितामा प्रथम भएको लिखुले २२ स्वर्णसहित १४ रजत र पाँच कास्य हात पार्यो । प्रतियोगितामा दोस्रो भएको विदुर नगरपालिकाले १२ स्वर्णसहित पाँच रजत र १० कास्य जित्दा सूर्यगढी गाउँपालिकापाँच स्वर्णसहित नौ रजत र आठ कास्य पदकसहित तेस्रो भएको छ। 

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा टोखामा निःशुल्क स्वास्थ्य शिविर

सिन्धुलीको सुनकोशी गाउँपालिकाले ११३ ओै अन्तर्राष्ट्रिय महिला दिवस भव्यताको साथ मनाएको छ । दिवसको अवसरमा  महिलाहरुमा हुन सक्ने पाठेघरको मुखको क्यान्सर , आङ खस्ने समस्या र प्रजनन स्वास्थ्य सम्बन्धि रोग पहिचान र निशुल्क ओैषधी वितरण  शिविर  गरेको छ ।

गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालबाट विशेषज्ञ डाक्टरहरुलाई सामाग्री तथा ओैषधी हस्तान्तरण गरी शिविर शुरु भएको थियो। 

सानीभेरीमा पोषण सुधारको लागि आयमूलक कार्यक्रम

रुकुमको सानीभेरी गाउँपालिकाले पोषण सुधारका लागि आयमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

गाउँपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। कार्यक्रम सञ्चालन गर्न चाहने इच्छुक महिला सहकारी तथा समूहले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने छन्। कार्यक्रम सञ्चालन गर्नको लागि आवश्यक पर्ने रकम गाउँपालिकाले अनुदानमार्फत वितरण गर्ने सो सूचनामा उल्लेख गरेको छ । 

परशुराममा नगरस्तरीय देउडा प्रतियोगिता

डडेल्धुराको परशुराम नगरपालिकामा देउडा प्रतियोगिता आयोजना गरेको छ । ११३ औं  अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नगरपालिकाले नगरस्तरीय देउडा प्रतियोगिता गरिएको हो । 

नगरपालिकाको उपप्रमुख  बिमला कुमारी बोहरा अध्यक्षता र नगरप्रमुख  भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा सो प्रतियोगिता गरिएको हो । नगरपालिकाको ११३ औं अन्तराष्ट्रिय नारी दिवस (लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार) अन्तराष्ट्रिय नारा सहित नगरस्तरीय देउडा प्रतियोगिता कार्यक्रमको सुरु गरिएको उपप्रमुख बोहराले बताइन् । उनको अनुसार प्रतियोगिता नगरपालिकाभित्रका १२ वटै वडामा सञ्चालन गरिने छ।