close

गुन्द्रुकलाई  ‘ब्रान्डिङ’ गर्दै रोङ गाउँपालिका, व्यवसायिक बाख्रापालनमा सहभागि हुन अनुरोध

गुन्द्रुकलाई  ‘ब्रान्डिङ’ गर्दै रोङ गाउँपालिका, व्यवसायिक बाख्रापालनमा सहभागि हुन अनुरोध

Trulli
ADVERTISEMENT

गुन्द्रुकलाई  ‘ब्रान्डिङ’ गर्दै रोङ गाउँपालिका

इलामको रोङ गाउँपालिकाले व्यावसायिक गुन्द्रुक उत्पादन थालेको छ।  पालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रुपमा गुन्द्रुक उत्पादन थालिएको हो। गुन्द्रुकको मागसमेत उच्च रहने ठहर गर्दै गाउँपालिका गुन्द्रुक प्रवर्द्धनमा लागेको जनाइएको छ । 

गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले गुन्द्रुकलाई ‘ब्रान्डिङ’ गरेर बजारमा लैजाने तयारी भइरहेको जानकारी दिए। गुन्द्रुक बजार पुर्याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने अनुमन गरिएको छ । साथै स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारीसमेत सिर्जना हुने भएकाले पनि यसको काम अगाडि बढाइएको उनले बताए।

सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

मोरङको विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो ।

सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए। उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकी लगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको बताएका छन्। 

खोरेत मुक्त अभियान सञ्चालन गरिँदै

चितवनका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । 

कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेका ति दुई वडामा कार्यक्रम सञ्चालनका लागि रु २० लाख बजेट विनियोजन गरिएको छ दुई वडाका गाई, भैँसी, बङ्गुर, बाख्रा र भेडालाई मा १० हजार मात्रा खोरेतविरुद्धको खोप लगाउने तयारी गरिएको उनले बताए।

मंगला गाउँपालिकामा करार सेवामा कर्मचारी माग

म्याग्दीको मंगला गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै सहायकस्तर पाँचौ तहमा एक जना सब इन्जिनियर माग गरेको हो।

इच्छुक योग्य व्यक्तिलाई सुचना प्रकासित भएको सात दिन भित्र आवश्यक कागजात सहित उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ।

ढोरपाटनमा निःशुल्क आँखा शिविर सञ्चालन

बागलुङको ढोरपाटन नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । यही फागुन २९ र ३० गते वडा नं १ को बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निस्शुल्क आँखा उपचार र मोतिबिन्दुको अप्रेसन शिविर सञ्चालन गरिएको हो।

नगरपालिकाको आयोजना तथा हिमालयन र धौलागिरी आँखा अस्पतालको ‌प्राविधिक सहयोगमा उक्त शिविर आयोजना गरिएको ढोरपाटन नगरपालिकाले जनाएको छ । 

व्यवसायिक बाख्रापालनमा सहभागि हुन अनुरोध

धादिङको सिद्धलेक गाउँपालिकाले व्यवसायिक बाख्रापालनमा सहभागि हुन अनुरोध गरेको छ ।गाउँपालिकाले सोमबार एक सुचना जारी गर्दै आर्थिक वर्ष २०७९ ८० को वार्षिक कार्यक्रम अनुसार बाख्रापालन व्यवसायमा ५० प्रतिशत अनुदान दिन लागिएको जनाएको छ । 

यसका लागि पालिकाका कृषि समुह कृषि फार्म  कृषि सहकारि  नीजि फार्मलाई सात दिन भित्र आवश्यक कागजात सहित गाउँपालिकाको पशु सेवा शाखामा प्रस्ताव पेश गर्न अनुरोध गरेको छ। 

रैथाने बाली संरक्षण गर्दै रामेछाप

रामेछापको रामेछाप नगरपालिकाले रैथाने बाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप  ५० प्रतिशत अनुदानमा सो कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ । 

कार्यक्रममा सहभागि हुन इच्छुक स्थानीयले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । सो कार्यक्रमका लागि नगरपालिकाले १० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।