close

‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन, सुनकोशी गाउँपालिकाले लोगो तयार गर्ने (भिडियाेसहित)

‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन, सुनकोशी गाउँपालिकाले लोगो तयार गर्ने (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

बैतडीको मेलौली नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि सीपमूलक तालिम सञ्चालन गरिएको नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए ।  

हाल वडा नं ४ मा तीनमहिने आधारभूत सिलाइकटाइ र सातदिने व्यावसायिक सीप विकास अन्तर्गत कुखुरापालन जस्ता जिवन उपयोगी तालिम सञ्चालनमा छ । सीपले मानिसलाई स्वरोजगार बनाउनमा मद्दत पुग्नुका साथै समाजमा सम्मानित भइने नगरप्रमुख चन्दको भनाई छ।

अटो रिक्सा दर्ता गर्न लुङ्ग्रीको अनुरोध

रोल्पाको लुङ्ग्री गाउँपालिकाले तीनपाङ्ग्रे सवारी (अटो रिक्सा) गाउँपालिकामा दर्ता गर्न अनुरोध गरेको छ । बुधबार गाउँपालिकाले एक सुचना जारि गर्दै पालिकाभित्र सञ्चालन भैरहेका अटो रिक्सा दर्ता गर्न अनुरोध गरेको हो। 

 सुचना प्रकासित भएको १५ दिन भित्र आफ्नो अटो रिक्सा दर्ता गराउन पालिकाले निर्देशन दिएको हो। तोकिएको समयमा दर्ता नगराए प्रचलित कानुनबमोजिम कारबाही गर्ने सुचनामा उल्लेख छ । 

‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन

काठमाडौं उपत्यकाभित्रका स्थानीय तहका उपप्रमुख/उपाध्यक्षहरुको सञ्जाल गठन भएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा ‘काठमाडौँ उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको हो । 

मंगलबार बालाजु बाइसधाराको सभा कक्षमा उपप्रमुख/उपाध्यक्षहरुको बसेको पहिलो बैठकले सो सञ्जाल गठन गरेको जनाइएको छ  । ‘कानुनले उपप्रमुख/उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्य प्रणालीमा एकरुपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदान प्रदान गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो ।

साकेलामा तरकारी पकेट कार्यक्रम सञ्चालन गरिने

खोटाङको साकेला गाउँपालिकाले ५० प्रतिशत लागत साझेदारीमा प्रस्ताव आव्हान गरेको छ । गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुपको ५० प्रतिशत साझेदारीमा प्रस्ताव पेश गर्न अनुरोध गरको हो ।

सूचना अनुसार गाउँपालिकाले तरकारी पकेट विकास कार्यक्रम र गत आव २०७८/०७९ मा स्थापना भएका तरकारी पकेट विकास कार्यक्रम निरन्तरता सञ्चालन गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन चाहने कृषि फार्म, सहकारी संस्था, समूहले सूचना प्रकासित भएको ७ दिन भित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । 

चितवनमा जनप्रतिनिधिलाई अभिमुखीकरण

मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न चितवनका जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रम लागू गर्न जनस्वास्थ्य कार्यालय चितवनले जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिएको हो ।

बागमती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’अन्तर्गत नेपाल सरकारले गरिब घरपरिवार परिचयप्राप्त नागरिक, स्वघोषित विपन्न घोषणा गरेको व्यक्ति, लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइते, महिला स्वास्थ्य स्वयंसेविका, लोकतान्त्रिक जनआन्दोलनका घाइते व्यक्तिलाई निःशुल्क स्वास्थ्य जाँच र परामर्श दिइन्छ।

हुलाकी सडक निर्माणलाई गति दिन महानगर प्रमुखको निर्देशन

मोरङको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले वडा नं ५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उनले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन्। 

विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन  दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफल गरेका हुन्। स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए। 

सुनकोशी गाउँपालिकाले लोगो तयार गर्ने

सिन्धुलीको सुनकोशी गाउँपालिकाले प्रतिस्पर्धामार्फत लोगो निर्माण गरि प्रयोग गर्ने भएको छ । गाउँपालिकाले मंगलबार एक सुचना जारि गर्दै पालिकाको पहिचान, ऐतिहासिकता, जनजीवन, भुगोल, साँस्कृतिक चिनारी एवं विशिष्ट पहिचान झल्कने लागो प्रतिस्पर्धामार्फत तयार गर्ने जनाएको छ। 

प्रतिस्पर्धामा सहभागि हुन चाहने व्यक्तिले लोगो तयार गरेर गाउँपालिकाको इमेल ठेगानामा ३५ दिन भित्र पठाउन अनुरोध गरिएको छ ।