close

किसानलाई उपकरण, बिरामीलाई औषधि (भिडियाेसहित)

किसानलाई उपकरण, बिरामीलाई औषधि (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

सिर्जनात्मक सहर बनाउन महानगरले छान्यो चलचित्र विधा
काठमाडौं महानगरपालिकाले रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये  चलचित्र विधालाई छानेको छ । युसीसीएन ९युनेस्को क्रियटिभ सिटीज नेटवर्क० ले शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी ९खानाका परिकार०, मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधामध्ये महानगरले चलचित्र विधालाई छानेको हो  । 

किसानलाई बुटवलको कृषि उपकरण
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बुटवलका ग्रामीण किसानलाई कृषि सामग्री उपलब्ध गराएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई उपकरण वितरण गरेको हो । 

किसानको ५० प्रतिशत लागत सहभागितामा मकै पकेट क्षेत्रका लागि पावर टिलर, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, मकै पिस्ने मेसिन, त्रिपाल, जैविकमललगायतका सामग्री र उपकरण उपलब्ध गराएको हो ।

 उन्नत जातको बोका र राँगो वितरण गर्दै आँबूखैरेनी

तनहुँको आँबूखैरेनी गाउँपालिकाले अनुदानमा उन्नत जातको बोका तथा राँगो वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै बोका र राँगो वितरण गर्ने जनाएको हो । 

गाउँपालिकाको अनुसार चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप पालिकाले ७५ प्रतिशत अनुदानमा उन्नत जातको बोका र राँगो वितरण गर्न लागेको हो । 
 

 सुनकोशीका दीर्घरोगीलाई निःशुल्क औषधि

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुवात गरेको हो । 

गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले  औषधि वितरणको शुभारम्भ गरेका हुन् । 

काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको हो ।


आरुघाटमा ३ जना कर्मचारी माग
गोरखाको आरुघाट गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको जनाइएको हो । 

गाउँपालिकाको अनुसार स्वास्थ्य सेवा सञ्चालन गर्नको लागि ३ जना कर्मचारी माग गरेको हो । सूचनाको अनुसार स्टाफ नर्स एक जना, अनमी २ जना गरी ३ जना कर्मचारी माग गरेको हो । 

योग्यता पुगेका व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । आवश्यक कागजातसहित ५०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ ।

 देवदहमा कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा

रुपन्देहीको देवदह नगरपालिकामा कृषिउपज सङ्कलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । शनिबार लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले केन्द को उद्घाटन गरेका हुन् ।  उक्त केन्द्र देवदहस्थित निर्माण बहुउद्देशीय सहकारी संस्थाले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले नगरपालिकाले कृषि उत्पादन र बजारीकरणमा ध्यान दिइरहेको बताए।

 जनप्रतिनिधि र कर्मचारीको सन्तान अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना

पाँचथरको  मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन निर्णय गरेको छ । चैत १३ गते बसेको कार्यपालिका बैठकले जनप्रतिनिधि र कर्मचारीका सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय गरेको हो । 

गाउँपालिकाको अनुसार आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी कार्यपालिकाले बैठकले सो निर्णय गरेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख तिर्थराज मिश्रले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि सो निर्णय गरेको बताए।