close

पाँचखालमा चालूमा ३४ र पूँजिगतमा १६ प्रतिशत वित्तिय प्रगति, एमविविएस अध्ययन गर्नेलाई छात्रवृत्ति (भिडियाेसहित)

पाँचखालमा चालूमा ३४ र पूँजिगतमा १६ प्रतिशत वित्तिय प्रगति, एमविविएस अध्ययन गर्नेलाई छात्रवृत्ति (भिडियाेसहित)

Trulli
ADVERTISEMENT

धानको वीउ माग गर्न कुम्मायकको अनुरोध

पाँचथरको कुम्मायक गाउँपालिकाले उन्नत जातको धानको वीउ माग गर्न अनुरोध गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप धानको वीउ वितरण गर्न लागेको हो । 

कार्यक्रममा सहभागी हुन चाहने कृषक, समूह तथा सहकारीले सूचना प्रकासित भएको ७ दिनभित्र आवेदन दिन सक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा स्थानीय क्षेत्रमा उत्पादन हुने विभिन्न किसिमका धानको वीउ वितरण गर्न लागेको हो । 

पाँचखालमा चालूमा ३४ र पूँजिगतमा १६ वित्तिय प्रगति

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको चालू आर्थिक वर्षमा चालुमा ३४ दशमलब ३८ पूँजिगतमामा १६ दशमलब ६१ प्रतिशत वित्तिय प्रगति भएको छ । नगरपालिकाको आयोजनामा भएका दोश्रो चौमासिक प्रगति प्रतिवेदन तथा सार्वजनिक सुनुवाईमा सो खर्च विवरण भएको जनाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतमले खर्च विवरणको प्रतिवेदन प्रस्तुत गरेका हुन्। उनले नगरपालिकाको संचालन खर्च, शिक्षक तलब भत्ता शसर्त कार्यक्रमहरु तथा विभिन्न योजनाहरुको कामको भुक्तानी दिने क्रम भइरहेके जानकारी बताए ।

एमविविएस अध्ययन गर्नेलाई छात्रवृत्ति

तनहुँको आँबूखैरेनी गाउँपालिकाले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै एमविविएस अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

नियमविपरित पोशाक र किताब बेच्दै महानगरका विद्यालय

काठमाडौं महानगरपालिकामा नीजि शैक्षिक संस्थाले नियमविपरित किताब र पोशाक बेच्दै आएको पाइएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ को विपरितमा रही विद्यालयले किताब र पोशाक बेच्ने गरेको पाइएको जनाएको हो ।  

निर्देशिकाले विद्यालय आफैँले पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री विक्रि गर्न नपाउने, विद्यालयबाट निर्धारित पोशाक कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनु पर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउने भन्ने व्यवस्था गरेको छ । सम्बन्धित विद्यालयलाई सो निर्देशन पालन गर्न महानगरले अनुरोध गरेको छ। नियम उल्लघंन गरेमा कानुन बमोजिम कारबाही गरिने र सोको जवाफदेही सम्बन्धित प्रधानाध्यापक हुनुपर्ने महानगरले जनाएको छ। 

७५ प्रतिशत अनुदानमा चुन वितरण गर्दै बकैया

मकवानपुरको बकैया गाउँपालिकाले माटो परिक्षणको रिपोर्ट तथा चुन वितरण गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप ७५ प्रतिशत अनुदानमा स्थानीय कृषकलाई चुन वितरण गर्न लागेको हो । 

गाउँपालिकाले चैत्र १३ र १४ गते पालिकाको विभिन्न स्थानमा सञ्चालन गरेको माटो परिक्षण शिविरको आधारमा आवश्यकता अनुरुप चुन वितरण गर्न लागेको हो । रिर्पोट अनुसारको चुन लिनको लागि बैशाख ७ गतेभित्र गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

साकेला पूर्ण खोप सुनिश्चित पालिका घोषणा

खोटाङको साकेला गाउँपालिकालाई  पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ । बिहिबार एक कार्यक्रम आयोजना गरि गाउँपालिकालाई जिल्लाकै पहिला पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। 

१५ महिनादेखि ५९ महिना मुनीका सबै बालबालिकाले पूर्ण खोप लगाएको र ० देखि १५ महिना सम्मका बालबालिकाहरुले खोप लगाई राखेको सुनिश्चित भएसँगै पालिकालाई पूर्ण खोप सुनिश्चत पालिका घोषणा गरिएका गाउँपालिकाका अध्यक्ष रवी प्रकाश राईले बताए । 

स्यानिटरी प्याड बनाउने तालिम दिँदै हेटौंडा

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले स्यानिटरी प्याड बनाउने तालिम दिने भएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै १५ दिने प्याड बनाउने तालिम सञ्चालन गर्न लागेको जनाएको हो । 

तालिममा सहभागि हुन चाहने व्यक्तिले पासपोर्ट साइजेको २ वटा फोटो र नागरिकताको प्रतिलिपीसहित बैशाख ५ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।