close

हैट ! वडाध्यक्षले नै राजपत्र प्रकाशन गरेपछि...

हैट ! वडाध्यक्षले नै राजपत्र प्रकाशन गरेपछि...

Trulli
ADVERTISEMENT

कञ्चनपुर- पुनर्वास नगरपालिका वडा नम्बर ९ ले स्थानीय वडा राजपत्र प्रकाशित गरेपछि स्थानीय तहका जानकारहरू अचम्मित भएका छन् ।उता नगरपालिकाभित्र भने सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस जारी छ । अचम्मको अधिकारदेखि असीमित अधिकारसम्मका प्रतिक्रियाहरू आइरहेका छन् । 

यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन कार्यालय, कानून तथा फैसला कार्यान्वयन शाखाका टंक महतलाई वडाले राजपत्र प्रकाशित गर्न पाउछ त ? भनेर पालिका खबरले सोधेको थियो । उनले भने, ‘कानुन जसले बनाउछ उसले राजपत्रमा प्रकाशित गर्ने हो । वडालाई कानुन बनाउने अधिकार छैन ।’ उनका अनुसार स्थानीय तहको कार्यपालिकाबाट कार्यविधि र सभाबाट मात्र ऐन बनाएर राजपत्रमा प्रकाशन गर्ने अधिकार स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको छ । 

पुनर्वास नगरपालिका-९ ले स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी नियम-२०८० भन्दै राजपत्र आइतबार प्रकाशित गरेपछि अनेक कोणबाट बहस सुरु भएको हो । राजपत्रको प्रमाणीकरण स्वयम् वडाध्यक्ष नरबहादुर विकले गर्नु कानुनसंगत नभएको जानकारहरू बताउँछन् । बरु वडाध्यक्ष विक आफैं पनि कार्यपालिका सदस्य भएकाले उनले कानुन निर्माणका लागि बैठकमा राख्न सक्थे । 

‘बनेका कानुन कार्यान्वयनका लागि वडाले सूचना जारी गर्न सक्छ तर, राजपत्रै जारी गर्ने अभ्यास छैन’ संघीय मामिला तथा सामान्य प्रशासन कार्यालय, कानून तथा फैसला कार्यान्वयन शाखाका महतले पालिकाखबरसँग भने ।