close

८६ प्रतिशत मुद्दा फर्छ्यौट

८६ प्रतिशत मुद्दा फर्छ्यौट

Trulli
ADVERTISEMENT

दैलेख– भगवतीमाइ गाउँपालिकाको न्यायिक समितिले ८६ प्रतिशत मुद्दाको छिनोफानो गरेको छ । समितिमा हालसम्म दर्ता भएका ३० मध्ये २६ वटा मुद्दाको छिनोफानो गरेको हो । 

गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक मिनाकुमारी खड्काले समितिमा दर्ता भएको मुद्दामध्ये धेरैको छिनोफानो भइसकेको बताइन् । 

उनका अनुसार समितिमा लेनदेन, घरयासी, जग्गाको साँध मिचेको, पशुचौपायाले बाली खाएको, बारीमा घाँस काटेको, घरेलुहिंसालगायतका मुद्दा दर्ता हुने गरेको छ । 

उनले न्यायिक कार्यलाई सहज बनाउनका लागि स्थानीय बासिन्दालाई समितिबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । साथै पालिकाले न्यायिक समितिका लागि गत वर्ष ५ लाख वजेट विनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा घटेर ४ लाख बजेट विनियोजन गरेको छ ।