close

डस्टविन मै फाल्दा ५०० जरिवाना !

डस्टविन मै फाल्दा ५०० जरिवाना !

Trulli
ADVERTISEMENT

कैलाली– सडक किनारा वा बाटोमा डस्टविन देखेर फोहर फाल्दै हुनुहुन्छ भने त्यहाँ लेखिएको अक्षरलाई पनि ध्यान दिनुस् । होइन भने फोहर डस्टविनमा फाले पनि कारबाही भोग्नु पर्ने अवस्था नआउँला भन्न सकिन्न । किनकी, डस्टविनको रंग तथा अक्षरको माध्यमबाट कुहिने वा नकुहिनेदेखि रिसाइकिलिङसम्मका फोहरको वर्गीकरण हुने गरी व्यवस्था गरेको हुन सक्छ । 

यसरी डस्टविनको रंग तथा अक्षर नहेरी मिश्रित फोहर फाल्नेलाई धनगढी उप– महानगरपालिकाले कारबाही प्रक्रिया थालेको छ । उपमहानगरपालिकाले  सडकमा रहेको डस्टविनमा फोहर फालेकै भरमा  गुप्ता लस्सी सेन्टरलाई ५०० रुपैयाँ जरिवाना तिराएको हो ।

धनगढी उप– महानगरपालिकाका सरसफाई शाखाका कर्मचारीद्धारा डस्टविनमा मिश्रित फोहर फाल्ने  गुप्ता लस्सी सेन्टरलाई जरिवाना तिराएको नगदी रसिदमा उल्लेख छ । उपमहानगरपालिकाले कुहिने र नकुहिने फोहरलाई वर्गीकरण गरी संकलन गर्दै आइरहेको छ ।

वातावरणलाई  स्वच्छ बनाउन जथाभावी फोहर नफाल्न उप– महानगरले स्थानीयलाई बारम्बार आग्रह गरिरहेको थियो । यसका लागि टोल–टोलमा कुहिने र नकुहिने फोहर संकलन गर्न डस्टिविन राखिएको छ । पालिकाकाे आग्रहलाई अटेर गरी कारबाहीकाे प्रक्रिया सुरु गरेकाे उपमहानगरले जनाएकाे छ ।