close

उपप्रमुखले बहिस्कार गरे पनि वालिङको नगरसभा सम्पन्न

उपप्रमुखले बहिस्कार गरे पनि वालिङको नगरसभा सम्पन्न

Trulli
ADVERTISEMENT

स्याङ्जा- वालिङ नगरपालिकाकी उपप्रमुखसहित १५ जना जनप्रतिनिधिले बहिस्कार गरे पनि बहुमतबाट नगरसभा सम्पन्न भएको छ । शुक्रबार भएको १५औँ नगरसभा नगरपालिकाकी उपप्रमुख कविता गैह्रेसहितले बहिस्कार गरेका थिए । 

नगरसभामा नगर प्रमुख कृष्ण खाँणले नगर शिक्षा ऐन २०७४ मा पहिलो संशोधनको प्रस्ताव पेश गरेका थिए । नेपालको संविधानसँग बाझिँने गरी सो ऐनको संशोधन गरेको भन्दै उपप्रमुखसहित नगरसभाको बहिस्कार गरेका थिए ।

उपप्रमुखले नगरसभा बहिस्कार गरे पनि बहुमतले सो संशोधित ऐन पारित गर्नुका साथै सभा पनि सम्पन्न भएको नगरप्रमुख खाँणले पालिकाखबरलाई बताए । उपप्रमुखले नेपालको संविधानविपरित संशोधन गरेको आरोप लगाए पनि आफूले विद्यायन समितिको छलफलबाट नगर शिक्षा ऐन २०७४ संशोधन गरेको उनले सुनाए । 

विद्यायन समितिबाट छलफल गरेर कार्यपालिका बैठकबाट पारित भई सो ऐनलाई नगरसभामा प्रस्तुत गरेको उनको भनाइ छ । तर उपप्रमुखले आफ्नो भनाइ नै नराखी नसरसभा बैठक बहिस्कार गरेको उनको आरोप छ । उनका अनुसार पालिकाका ७२ जना जनप्रतिनिधिमध्ये ५९ जना सभामा उपस्थित रहेका थिए । सहभागी सबैले पारित गरेको उनको भनाइ छ ।

उता उपप्रमुख गैह्रेले आफूहरुसूग छलफल नै नगरी ऐन संशोधन गरेको आरोप लगाएकी छिन् । आफूले तीन पटकसम्मको कार्यपालिका बैठकमा ऐनको संशोधनबारे माग गरे पनि कुनै सुनुवाइ नभएको उनले पालिकाखबरलाई सुनाइन् । सो ऐनमा  वडा ध्यक्षलाई नै स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने गरी संशोधन भएको छ ।