close

भक्तपुर नगरपालिकाको १५औं नगरसभा सम्पन्न

भक्तपुर नगरपालिकाको १५औं नगरसभा सम्पन्न

Trulli
ADVERTISEMENT

भक्तपुर- तीन वटा विधेयक पारित गरी  भक्तपुर नगरपालिकाको पन्ध्रौं नगरसभा सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बुधबार बसेको  नगरसभाबाट  भक्तपुर नगरपालिकाको नगर प्रहरी ऐन २०७५, भक्तपुर नपा शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५ र भक्तपुर नपाको शिक्षा ऐन, २०७४ मा संशोधन गर्न बनेको विधेयक प्रस्ताव सर्वसम्मतिले पारित गरेकाे हाे । 

नगरप्रमुख प्रजापतिले पार्टीकाे माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा अवलम्बन गर्दै सामन्तवाद, पुँजीवाद, उपनिवेशवाद र साम्राज्यवादविरुद्ध अविचलित रुपमा संघर्षरत रहेको बताए । 

 २०८० पुस २५ गतेबाट सुरु भएकाे नगरसभाले ‘शिक्षक, बालबालिका सहजकर्ता तथा विद्यालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धी कार्यविधि २०८०’ सर्वसम्मतिबाट पारित गरेकाे छ । भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जितियरिङ २०६५ र ख्वप कलेज अफ ल २०८०, ख्वप कलेजको विनियम २०६५, ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ को विनियम संशोधन प्रस्ताव सर्वसम्मतिबाट पारित गरेकाे छ ।

सभाले भक्तपुर नगरपालिकाको नगर प्रहरी ऐन २०७५, भक्तपुर नपा शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका २०७५ र भक्तपुर नपाको शिक्षा ऐन, २०७४ मा संशोधन गर्न बनेको विधेयक प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको थियो ।