close

आठबिसकोटको नगर सभा सम्पन्न, केेके भए निर्णय?

आठबिसकोटको नगर सभा सम्पन्न, केेके भए निर्णय?

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- आठबिसकोट नगरपालिकाको १५ औँ नगर सभा (हिउँदे अधिवेशन) सम्पन्न भएको छ । आईतबार नगरपालिकाको सभाहलमा विभिन्न एजेण्डा पारित गर्दै  नगरसभा सम्पन्न भएको हो । 

सभाले ६ वटा निर्णयहरु पारित गरेको नगरपालिकाका प्रवक्ता देवबहादुर घर्तीले पालिकाखबरलाई जानकारी दिए । नगरपालिकाका नगर प्रमुख रवि केसीले नगरसभाबाट  चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम संशोधन गरेकाे बताए ।

चालु आवको साउन १ गते देखि पुष मसान्तसम्मको आय व्यय सार्वजनिकरण तथा प्रगति समिक्षा, स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा), वित्तीय जोखिम सुशासन स्वमूल्याङ्कन, स्थानीय तह आर्थिक विकास मूल्याङ्कनको नतिजा कार्यक्रमको समिक्षा गर्ने भएकाे छ ।

यस्तै नगरपालिकाका विषयगत समिति र अन्य विभिन्न समितिहरुले बैठकले पारित गरेका निर्णय, ऐन, नियम, निर्देशिका र अन्य कानून अनुमोदन गर्ने भएकाे छ । नगरपालिकाको निसान छाप संशोधन र  पुनःनिर्माण सम्बन्धी प्रस्ताव पारित भएकाे जनाइएकाे छ ।