close

कहिले कार्यान्वयनमा आउँला ‘भोटे’ कुकुरको संरक्षण गर्ने नीति ?

कहिले कार्यान्वयनमा आउँला ‘भोटे’ कुकुरको संरक्षण गर्ने नीति ?

Trulli
ADVERTISEMENT

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाले ‘भोटे’ कुकुरको संरक्षण गर्ने नीति लिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ का नीति तथा कार्यक्रममा सो नीति लिएको हो । तर आर्थिक वर्ष सुरु भएको करिब सात महिना पुग्न लाग्दा समेत कार्यक्रम सुरु भएको छैन । 

कार्यविधि बनाएर सुरु हुने योजना भएको तर हालसम्म कार्यक्रम लागू हुन नसकेको गाउँपालिकाका पशु विकास अधिकृत ऋषिराम दाहालले बताए । गाउँपालिकाको नीति तथा कार्यक्रममा घर पालुवा जनावर कुकुरमा विशेष पहिचान भएको स्वर र सुरक्षाका दृष्टिले समेत अब्बल ‘भोटे’ प्रजातिको कुकुर गाउँपालिकाको उपल्लो भेगहरूमा पाइने भएकाले सो को लगत अद्यावधिक गर्ने, संरक्षण गर्ने र कुकुरको छाउराहरू उत्पादन गरी बिक्रीवितरण गरी आयआर्जन गर्नतर्फ उत्प्रेरणा अभिवृद्धि गर्ने नीति अवलम्बन गर्ने उल्लेख छ । 

सो अनुसार गाउँपालिकाको माथिल्लो क्षेत्रमा भोटे कुकुरको संरक्षण गर्ने र भोटे कुकुर संरक्षण गर्न किसानलाई अनुदान दिने नीति भएपनि कार्यान्वयन हुन सकेको छैन । सो विषयमा कार्यपालिकामा विवाद भएकाले हालसम्म कार्यान्वयनमा आउन नसकेको पशु अधिकृत दाहालले पालिकाखबरलाई बताए । 

गाउँपालिकाको वडा नं १० र ११ साविकका घान्द्रुक गाविसमा पर्छ । उक्त भेगमा भेडी गोठका साथै प्रशस्त मात्रामा भोटे प्रजातिका कुकुर पाइने उनले जानकारी दिए ।