close

मेलमिलापकर्तालाई लिखुपिकेमा सपथ ग्रहण, वडाबाटै न्यायिक सेवा पाइने

मेलमिलापकर्तालाई लिखुपिकेमा सपथ ग्रहण, वडाबाटै न्यायिक सेवा पाइने

Trulli
ADVERTISEMENT

सोलुखुम्बु - लिखुपिके गाउँपालिकाले मेलमिलापकतालाई शपथ ग्रहण गराएको छ । गाउँपालिकाको सञ्चालन गरेको ८ दिने मेलमिलापसम्बन्धी तालिममा सहभागी भएका व्यक्तिलाई पालिकाले शपथ ग्रहण गराएको हो । 

गाउँपालिकाको प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष मणिराज बस्नेतका अनुसार पालिकाले पुष २६ देखि माघ ४ गतेसम्म मेलमिलापसम्बन्धी तालिम प्रदान गरेको थियो । तालिममा सहभागी भएका व्यक्तिलाई मंगलबार गाउँपालिकाकी अध्यक्ष मीना कार्कीको प्रमुख आतिथ्यतामा नाम लिस्ट, ब्यानर, आचारसंहिता ब्यानर र फ्लेक्स ब्यानर  हस्तान्तरण गरेकाे उनले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष तथा  न्यायिक समिति संयोजक  ङवाङ्ल्हाक्पा शेर्पाबाट तालिम प्राप्त व्यक्तिलाई मेलमिलापकर्ताको रुपमा सपथ ग्रहण गराएको प्रवक्ता बस्नेतले पालिकाखबरलाई सुनाए । उनका अनुसार प्रत्येक वडाबाट ५ जनाले मेलमिलापकर्ताको सपथ ग्रहण गरेका छन् । 

तालिममा सहभागी भएका व्यक्तिहरुबाट वडागत मेलमिलाप केन्द्र गठन गरिने उनले बताए । मेलमिलाप केन्द्र गठन भएसँगै न्यायिक कार्य वडाबाट नै हुने उनले जानकारी दिए । 

गाउँपालिकामा प्रहरी चौकी टाढा भएकाले न्यायिक कार्यमा केही समस्या हुने गरेको उनको अनुभव छ । वडामै मेलमिलाप केन्द्र गठन भएपछि अधिकांश विवाद मेलमिलापमार्फत वडामै समाधान गर्न सकिने उनले सुनाए ।