close

दुप्चेश्वर गाउँपालिकाको १४ औं गाउँसभा

दुप्चेश्वर गाउँपालिकाको १४ औं गाउँसभा

Trulli
ADVERTISEMENT

नुवाकोट– दुप्चेश्वर गाउँपालिकाको १४ औं गाउँसभा गरेको छ । बिहिबार समुन्द्रटारमा रहेको पालिकाको सभाहलमा गाउँसभा सम्पन्न भएको हो ।

गाउँसभामा पेश भएका विधेयकहरु तथा प्रस्तावहरु छलफल गरेर सर्वसम्मती रुपमा मा पारित तथा अनुमोदन भएको गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताए । ३८ जना गाउँसभा सदस्यमध्ये ३६ जनाको उपस्थितिमा गाउँसभा सम्पन्न भएको भएको उनले पालिकाखबरलाई बताए ।

गाउँसभामा छलफल भएका प्रस्ताव तथा पारित निर्णयहरु

१. गाउँपालिकाकी उपाध्यक्ष माकुरी तामाङले पेश गरेको दुप्चेश्वर गाउँपालिकाको विनियोजन ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयक २०८० सर्वसम्मतीमा पारित । 

२. लेखा समिति संयोजक तथा सभाका सदस्य ध्रुवकर केसीले पेश गरेको आर्थिक वर्ष २०७९/८०को महालेखा परिक्षण प्रतिवेदन माथी छलफल र बेरुजु नियमनका सम्बन्धी प्रस्ताव सर्वसम्मतीमा पारित ।

३. न्यायीक समिति संयोजक माकुरी तामाङले पेश गरेको न्यायीक समितिको आव ०८०/८१ को अर्धवार्षिक प्रतिवेदन सर्वसम्मतीमा पारित ।

४. पुर्वाधार विकास समितिका संयोजक ज्ञान बहादुर तामाङले पेश गरेको गाउँपालिकास्तरीय अनुगमन समिति तथा पुर्वाधार विकास समितिको आर्थिक वर्ष २०८०।८१ को अर्धवार्षिक प्रतिवेदन सर्वसम्मतीमा पारित ।

५. आर्थिक विकास समितिका संयोजक किशोर आचार्यले पेश गरेको आर्थिक वर्ष २०८०/८१ को आर्थिक विकास समितिको अर्धवार्षिक प्रतिवेदन सर्वसम्मतीमा पारित ।

६. गाउँसभा सदस्य राजु नेपालीले पेश गरेको दलित समुदायको अधिकार सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतीमा पारित ।

७. सामाजिक विकास समितिका संयोजक बिरबल तामाङले पेश गरेको सार्वजनिक महत्वको दुप्चेश्वर गाउँपालिका अन्तर्गत रहेको दुप्चेश्वर महादेव मन्दिर आसपासमा रहेका सार्वजनिक जग्गाहरु लगायत धार्मिक ऐतिहासिक सांस्कृतिक र पर्यटकिय महत्व राखे सार्वजनिक स्थलहरु अव्यवस्थित बसोबासको नाममा कुनै व्यक्ति संस्थाहरुले अतिक्रमण गर्ने वा दर्ता गराउने प्रयोजनको लागी वडा कार्यालय तथा गाउँपालिकाबाट कुनै पनि सिफारिस नगर्ने नगराउने प्रकृतिको सार्वजनिक महत्वको प्रस्ताव सर्वसम्मतीमा पारित ।

८. अघिल्लो अधिवेशन र यस अधिवेशनको बिचमा भएका कार्यपालिकाका निर्णयहरु अनुमोदन तथा सर्वसम्मतीमा पारित।

९. दुप्चेश्वर गाउँपालिकाको प्रस्तावित संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सर्वसम्मतीमा पारित।

१०. न्यायीक समितिको रिक्त सदस्य पदमा गाउँसभा सदस्य बिरवल तामाङलाई चयन गर्ने प्रस्ताव सर्वसम्मतीमा पारित ।

११. दुप्चेश्वर गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा स्थानिय तह संस्थागत स्वंमुल्याङ्कन (लिजा) र स्थानिय तह वित्तिय सुशासन जोखिम मुल्याङ्कन (फआरआरएपी) मा प्राप्त बैंकलाई अनुमोदन गर्ने प्रस्ताव सर्वसम्मतीमा पारित  ।