close

चाँगुनारायणमा जग्गा सिमानासम्बन्धी विवाद धेरै

चाँगुनारायणमा जग्गा सिमानासम्बन्धी विवाद धेरै

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षमा ३० वटा निवेदन फर्छ्यौट गरेको छ । हालसम्म ७० वटा निवेदन दर्ता भएकोमा ३० वटाको फर्छ्यौट गरिएको हो । 

नगरपालिकाका अनुसार न्यायिक समिति सञ्चालनलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउन विवाद दर्ता लगायत काम कारवाही अनलाईन गर्ने गरी सफ्ट्वेयर सञ्चालनको तयारी नगरपालिकाले गरिरहेको छ । कानुन शाखाका कानुनी सहजकर्ता विकाश खड्काका अनुसार हाल परीक्षणको रुपमा रहेको सो सफ्ट्वेयर छिटै सञ्चालनमा ल्याइनेछ । 

न्यायिक समितिले घरेलु हिंसा तथा मानाचामल सम्बन्धी निवेदनहरुमा प्राथमिकतामा राखी मेलमिलाप मार्फत छिटो छरितो रुपमा विवादको निरुपण गर्दै आएको छ । चालु आर्थिक वर्षको तथ्यांकअनुसार नगर न्यायिक समितिमा दर्ता भएका मुद्दामध्ये जग्गा सिमानासम्बन्धी विवाद धेरै छन् ।