close

कोरोना संक्रमितलाई जनप्रतिनिधिको स्वास्थ्य सामग्री कोसेली

कोरोना संक्रमितलाई जनप्रतिनिधिको स्वास्थ्य सामग्री कोसेली

Trulli
ADVERTISEMENT

 


काठमाडौं– काठमाडौं महानगरले वडामार्फत कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री तथा फलफूल वितरण गरेको छ ।


आफ्ना वडाभित्रका संक्रमितलाई प्रोत्साहनस्वरुप सो कार्य गरिएको महानगरपालिकाले जनाएको छ ।


हाल काठमाडांै महानगरपालिका वडा नम्बर १८, २१ ले संक्रमितको घरमै पुगेर फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरेका छन् ।   हालसम्म १ सय संक्रमितलाई सो सामग्री उपलब्ध गराइएको २१ वडाका  अध्यक्ष उदय चुडामणि वज्राचार्यले जानकारी दिए ।


उनका अनुसार वडाको सम्पर्कमा आएका संक्रमितलाई आयुर्वेदिक औषधी, मास्क, स्यानिटाइजर, फलफूल, बिस्कुटलगायत उपलब्ध गराइएको छ ।


काठमाडौ महानगरपालिकाले वडामार्फत  सबै संक्रमितसम्म पुगेर सहयोग गर्ने बताएको छ । कामपाका  प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘महानगरले सबै वडामार्फत संक्रमितको घरमै पुगेर सहयोग गरिरहेको छ ।’


प्लाज्मा दान गर्न महानगर प्रमुख शाक्यको अपिल


काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले  कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापीमार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गरेका छन् ।  


केही समयअघि कोरोनामुक्त भएका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफू प्लाज्मा दान दिन तयार रहेको बताएका छन् ।


‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौं,’ शाक्यले भने, ‘छोरी पलिस्था शाक्यले शुक्रबा मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन् ।’


कोरोनाका कारण गम्भीर बिरामी भएकाहरूको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरूलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस् भन्ने उद्देश्यले परिवारबाटै प्जाज्मा दिन सुरु गरेको शाक्यले बताए ।


पलिस्थाले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण बिरामी भई ओम नर्सिङ होममा उपचार गराइरहेकी काठमाडौं महानगर वडा–४ कि ७६ वर्षीया महिलाको उपचार भइरहेको छ ।


‘काठमाडौं उपत्यकाका महानगर, नगरपालिका पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेका छन् । यस्तो बेला संक्रमणपछि स्वस्थ जीवनमा फर्केका र स्वस्थ मानिसले प्लाज्मा दान गर्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ,’ शाक्यले भने, ‘कोरोना संक्रमित भनेर कसैले कसैलाई दुव्र्यवहार नगर्न पनि विनम्र आग्रह गर्दछु । संक्रमितलाई सबैको प्रोत्साहन प्राप्त भयो भने सबैभन्दा ठूलो औषधी त्यही हुन्छ ।’