close

वडाध्यक्षले घरघरमै पुगेर दिए सामाजिक सुरक्षा भत्ता

वडाध्यक्षले घरघरमै पुगेर दिए सामाजिक सुरक्षा भत्ता

Trulli
ADVERTISEMENT

रामेछाप– रामेछाप नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष कोरोना कहरबीच पनि आफ्ना नागरिकहरुलाई भेट्न सामाजिक सुरक्षा भत्ता बोकेर घर–घरमै पुगेका छन् ।


दशैँलाई लक्षित गर्दै वडाध्यक्ष केदार कार्की र वडाका जनप्रतिनिधिहरु जेष्ठ नागरिक, एकल महिला,  अपाङ्गता भएका व्यक्ति, दलित बालबालिका र लोपन्मुख हायु जातिहरुको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् ।


रामेछाप बजारमा रहेको बैंक र नगरपालिकाका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सबै नागरिकलाई वडामा बोलाउदा थप संक्रमण फैलन सक्ने भएकाले लक्षित वर्गकै घरमा पुगेर स्वास्थ्य मापदण्ड पुरा गरेरै भत्ता उपलब्ध गराइएको वडाध्यक्ष कार्कीले बताए ।


वडामा ७ सय ५ जना सामाजिक सुरक्षा भत्ता पाउने सुचीमा रहेका सबैलाई विहीबार र शुक्रबार गरी दुई दिन लगाएर सबैलाई भत्ता उपलब्ध गराइएको वडाध्य कार्कीले बताए ।  वडा कार्यालयले यस अघि पनि लक्षित वर्गको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।