close

कीर्तिपुरका सूचना अब डिजिटल बोर्डबाटै हेर्न सकिने

कीर्तिपुरका सूचना अब डिजिटल बोर्डबाटै हेर्न सकिने

Trulli
ADVERTISEMENT

काठमाडौं– कीर्तिपुर नगरपालिकाको सूचना तथा गतिविधि अब डिजिटल बोर्डबाटै हेर्न सकिने भएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले सो कार्यको थालनी गरिएको नगरपालिकाले जनाएको छ ।


नगरपालिकाको सूचना तथा गतिविधि सहज रुपले जनतामा पु¥याउन यस्तो काम सुरु गरिएको कीर्तिपुर नगरकी उपप्रमुख सरस्वती खड्काले जानकारी दिइन्  । उनका अनुसार नगरपालिकाले सो बोर्ड पाँगा दोबाटोमा राखेकोे छ ।


नगरपालिकाले आफ्नो नगरलाई प्रविधिमैत्री बनाउन लागिपरेको उपप्रमुख खड्का बताउँछिन् । नगरभित्र हालसम्म १० वटा सिसिक्यामेरा जडान भइसकेका छन् ।

 
‘डिजिटल बोर्ड, सडक लाइट र सिसिक्यामेरा थप गर्न लागेका छौं । चालू आर्थिक वर्षमा नगरपालिकाले प्रविधिमैत्री नगर बनाउन ५० लाख बजेट छुट्याएको छ’, उनले भनिन् ।