close

महानगरले दिएको पैसाले काठमाडौंका १० नगरपालिकाले कहाँ–कहाँ बनाए पार्क ?

महानगरले दिएको पैसाले काठमाडौंका १० नगरपालिकाले कहाँ–कहाँ बनाए पार्क ?

Trulli
ADVERTISEMENT

 

काठमाडौं– काठमाडौं महानगरपालिकाले काठमाडौं जिल्ला भित्र पार्क निर्माणका लागि १० वटा नगरपालिकालाई सहयोग गरेको थियो । काठमाडौमा पार्कको अभाब महसुस गर्दै १० वटै नगरपालिकालाई १ करोड सहयोग गरेको थियो  । तर १० मध्ये तीनवटा नगरले अझै काम सुरु गरेका छैनन् ।


कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’, दक्षिणकालीमा ‘गोरखनाथ पार्क’, चन्द्रागिरीमा ‘मदनभण्डारी स्मारक पार्क’, नार्गजुनमा ‘गणेशमान सिंह पार्क’, तारकेश्वरमा ‘तारकेश्वर धाम’, टोखामा ‘टोखा पार्क’, गाकेर्णेश्वरमा ‘बज्रयोगिनी पार्क’, बूढानीलकण्ठमा ‘बूढानीलकण्ठ पार्क’ र कागेश्वरीमा पार्क निर्माण गर्न महानगरले सो रकम दिएको थियो ।


महानगरपालिकाको सो सहयोगबाट कतिपय नगरपालिकाले पार्क निर्माण गरिहेका छन् भने कतिपय नगरपालिकामा अन्योल छ ।


पार्क बनाउन महानगरपालिकाले २७ माघ, २०७५ मा १० वटै नगरपालिकालाई १–१ करोडको चेक हस्तान्तरण गरेको थियो । रकम पाएको झण्डै २ वर्ष पुग्नै लाग्दा ७ वटा नगरपालिकाले पार्क निर्माण गरिरहेका छन् भने बाँकी ३ नगरपालिकाले अहिलेसम्म निर्माणको काम सुरु गरेका छैनन् ।


यी नगरले बनाउन सकेनन् पार्क


काठमाडौ महानगरपालिकाका अनुसार महानगरले सहयोग गरेका तीनवटा नगरपालिकाले पार्क निर्माणको काम सुरु गर्न सकेका छैनन् । दक्षिणकाली, गोकर्णेश्वर र शंखरापुर नगरपालिकाले पार्क निर्माणको काम अघि वढाउनै सकेनन् ।


तीनवटा नगरपालिकाले  हालसम्म भौतिक प्रगति नै गर्न नसकेको शहरी पुर्वाधार विभागका विभागीय प्रमुख राम थापाले जानकारी दिए ।


दक्षिणकाली र शंखरापुर नगरपालिकाले भने प्रक्रियागत रुपमा केही समय ढिलाई भएको जनाएको छ । गोरखनाथ पार्कको डीपीआर केही समयअघि सकिएको छ ।


यी नगरमा धमाधम बन्दैछन् पार्क


कीर्तिपुरमा ‘युद्ध स्मारक पार्क’, दक्षिणकालीमा ‘गोरखनाथ पार्क’, चन्द्रगिरीमा ‘मदनभण्डारी स्मारक पार्क’, नार्गाजुनमा ‘गणेशमान सिंह पार्क’, तारकेश्वरमा ‘तारकेश्वर धाम’, टोखामा ‘टोखा पार्क’,बूढालीलकण्ठमा ‘बूढानीलकण्ठ पार्क’ निर्माण भइरहेको छ ।


१ करोड रुपैयाँ महानगरले सहयोग गरेसँगै तारकेश्वर नगरपालिकाले तारकेश्वर धाम निर्माण गरिरहेको छ । वडा नम्बर ३ स्थित जंगलको बीचको करीब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मुर्ति पुग्ने सिढी, सन्त महन्त बस्ने कुटी, पोखरी, सत्तल र प्रवेशद्धार निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ ।


त्यस्तै कीर्तिपुर नगरपालिकाले ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएको छ । नगरले गोर्खाली र कीर्तिपुरे फौजबीच १८१४ देखि १८२२ सालसम्म तीनपटक युद्ध भएको ऐतिहासिक स्थानमा ‘युद्ध स्मारक पार्क’ निर्माण गरिरहेको जनाएको छ ।


टोखा नगरपालिकाले झरनासहितको चिल्ड्रेन पार्क निर्माण गरिरहेको छ । त्यस्तै चन्द्रगिरी नगरपालिकाले मदन भण्डारी पार्क निर्माणका गरिरहेको छ ।


के छ आगामी योजना ?


नगर साझेदारीका रुपमा यसवर्ष पनि महानगरले १० वटै नगरका लागि १–१ करोड रुपैयाँ छुट्याएको छ । यसबीचमा पहिले रकम लिएर काम सुरु गरेका र रकम अपुग भएका नगरलाई थप १ करोड रुपैयाँ सहयोग गर्ने  विभागीय प्रमुख थापाले जानकारी दिए ।

 
‘यस वर्ष पनि १ं–१ करोडका दरले रकम छुट्याइसका छौं’, उनले भने, ‘जसले महानगरसँगको सम्झौताअनुसार काम गरेका छन् र रकम अपुग भएको छ तिनीहरुलाई थप रकम दिन्छौं ।’