close

बुटवल उपमहानगरले विपन्नलाई बाँड्यो बाख्रासहित खोर निर्माणलाई रकम

बुटवल उपमहानगरले विपन्नलाई बाँड्यो बाख्रासहित खोर निर्माणलाई रकम

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवल उपमहानगरले विभिन्न वडाका विपन्न परिवारलाई व्यावसायिक बाख्रापालनमा आकर्षित गर्न निःशुल्क बाख्रा वितरण गरेको छ । 


विपन्न समुदायलाई आयआर्जनमा जोड्ने, स्वरोजगार र उद्यमी बनाउने उद्देश्यले प्रतिपरिवार ५ वटा बाख्रा र त्यसका लागि खोर बनाउन प्रतिपरिवार १५ हजार रुपैयाँका दरले उपलब्ध गराइएको हो । 


उपमहानगर प्रमुख शिवराज सुवेदीले कृषिमा आकर्षण बढाउन, कृषिलाई व्यवसायिक बनाउन र स-साना कामबाटै उद्यमी बन्ने बाटो देखाउने उद्देश्यले बाख्रा वितरण गरिएको बताए ।


कार्यक्रममा प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी तथा पशुपक्षी विकास शाखाका झवीन्द्र बञ्जाडेले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई प्रतिपरिवार ५ वटाका दरले बाख्राका माउ र पाठापाठी प्रदान गरे । 


बाख्रापालनका लागि खोर बनाउन किसानलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले रकम दिइएको छ ।


विभिन्न वडामा गरिब तथा विपन्न परिवारको पहिचान गर्न टोलटोलमा टोलीसमेत खटिएको थियो । सोही आधारमा पुनः टोल विकास संस्थामार्फत विपन्न परिवार छनोट गरेर बाख्रा वितरणमा सामेल गराइएको उपमहानगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले बताए । 


बुटवलका वडा नम्बर १३, १६, १७ र १९ का १९ विपन्न समुदायका १९ घरपरिवारलाई टोल विकास संस्थामार्फत छनोट गरेर आयआर्जनमा टेवा पु¥याउने र स्वरोजगार गराउन बाख्रा वितरण गरिएको कार्यक्रम संयोजक मधुकला कुवँरले जानकारी दिइन् ।