close

शारीरिक रुपमा अशक्तका लागि धनगढीमा शिविर सञ्चालन

शारीरिक रुपमा अशक्तका लागि धनगढीमा शिविर सञ्चालन

Trulli
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई सहायक स्वास्थ्य सामग्री जाँच शिविर सञ्चालन गरेको छ । मंगलबार एक कार्यक्रमको समारोहमा  उपमहानगरपालिकाको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघको प्राविधिक सहयोगमा सो शिविर सञ्चालन गरेको हो । 

शिविरमार्फत वडा नमब्र १४, १८ र १९ का ४२ जना व्यक्तिले सेवा लिएको उपमहानगरपालिकाले जनाएको छ । अशक्त व्यक्तिहरुको दैनिकचर्यामा सहज बनाउनका लागि सो शिविर सञ्चालन गरेको उपमहानगर प्रमुख गोपाल हमालले जानकारी दिए । 

उनका अनुसार शारिरिक अपाङ्गता प्राविधिकले सबै सेवाग्राहिको जांच गरि  सहायक सामग्री वितरण गरेको छ ।  कार्यक्रमबाट  बैशाखी  ६ जोर, एल्बो कच ५  थान,  ह्यान्ड स्पिलिंट ५ थान,  वाकिंग स्टिक ५ थान र वाकर   १ थान वितरण गरिएको उनले बताए । सो शिविर पालिकाको अन्य वडामा सञ्चालन गरिने उनले सुनाए ।