close

माईमा क्यान्टिन सञ्चालन गर्न आवेदन माग

माईमा क्यान्टिन सञ्चालन गर्न आवेदन माग

Trulli
ADVERTISEMENT

इलाम । माई नगरपालिकाले कार्यालयमा क्यान्टिन सञ्चालन गर्न आवेदन माग गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै क्यान्टिन सञ्चालन गर्नको लागि आवेदन माग गरेको हो । 

नगरपालिकाको अनुसार नगर कार्यपालिकाका कर्मचारी तथा सेवाग्राहीहरुलाई खाजा तथा नास्ताको व्यवस्थापन गर्नको लागि क्यान्टिन सञ्चालन गर्न लागेको हो । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवेदनमा क्यान्टिनमा उपलब्ध गराउने सक्ने सेवाको सूची उल्लेख गर्नुपर्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुमध्ये उपयुक्त व्यक्तिसँग कार्यालयले आपसी समझदारी गरी सेवा सञ्चालन गर्न सक्ने नगरपालिकाले जनाएको छ ।