close

पालिकाको लोगो बनाउँदै दुहुँ सरकार

पालिकाको लोगो बनाउँदै दुहुँ सरकार

Trulli
ADVERTISEMENT

दार्चुला । दुहुँ गाउँपालिकाले पालिकाको लोगो (छाप) बनाउने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै पालिकाको लोगो बनाउन लागेको जनाइएको छ । 

गाउँपालिकाले निशाना छापसँगै पालिकाको छाप प्रयोग गर्ने प्रयोजनका लागि लोगो निर्माण गर्न लागेको हो । गाउँपालिकाको ऐतिहासिक, सामाजिक, धार्मिकलगायत झल्कने गरी लोगो निर्माण गर्नुपर्ने जनाइएको छ । 

इच्छुक व्यक्ति तथा कम्पनीले गाउँपालिकाको लोगो निर्माण गरी पेश गर्न सक्ने पालिकाले जनाइएको छ । लोगो निर्माण गरी गाउँपालिकाको इमेल ठेगानामा पठाउन सक्ने जनाइएको छ । 

पेश भएका मध्ये उत्कृष्ट लोगोलाई छनौट गरी पालिकामा प्रयोगमा ल्याइने गाउँपालिकाले जनाएको छ । उत्कृष्ट लोगोलाई ३० हजार नगदसहित पुरस्कृत गरिने छ ।