close

बर्दगोरियामा पनि कलेज

बर्दगोरियामा पनि कलेज

Trulli
ADVERTISEMENT

कैलाली - बर्दगोरिया गाउँपालिकामा यस शैक्षिक सत्रदेखि कलेज सञ्चालन हुने भएको छ । गाउँपालिकाको पहलमा पालिकाभित्र पहिलो पटक यस शैक्षिक सत्रदेखि बर्दगोरिया कलेज सञ्चालन हुन लागेको हो । 

 गाउँपालिकाले केही बर्ष अघिदेखि प्रयास गर्दै आएपनि हाल पालिका अध्यक्ष कर्ण बहादुर कुवरको विशेष पहलमा क्याम्पस ल्याउन सफल भएको जनाइएकाे छ । गाउँपालिकाले यस वर्षदेखि कलेज सञ्चालन हुन लागेकाे गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरीले बताए । उनका अनुसार कलेज सञ्चालन गर्नको लागि गाउँपालिकाले व्यवस्थापन समिति गठन, आवश्यक  व्यवस्थापन गरेकाे छ ।  उनले कलेज सञ्चालनकाे पक्रिया सुरु र पुरा गर्नकाे लागि आवश्यक सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गरेकाे जानकारी दिए ।

यसअघि गाउँपालिका क्षेत्रभित्र कुनै पनि कलेज सञ्चालन नभएको उनले पालिकाखबरलाई बताए । ‘गाउँपालिकाभित्र अरु कुनै कलेज सञ्चालनमा छैन । यो पहिलो कलेज हो,’ उनले भने ‘यसअघि उच्च शिक्षाको लागि काठमाडौं या नजिकको पालिका धाउन स्थानीयबासिन्दा बाध्य थिए ।’

कलेज सञ्चालन भएसँगै गाउँमै बसेर उच्च शिक्षा हासिल गर्न सकिने उनले बताए । उच्च शिक्षाको लागि सहज बनाउनका लागि गाउँपालिकाको पहलमा कलेज सञ्चालन गरेको उनले सुनाए । 

त्रिभूवन विश्वविद्यालयको सम्बन्धन प्राप्त गरेको सो कलेजले व्यवस्थापन संकाय र मानविकी संकायका विभिन्न विषय पढाई हुने गाउँपालिकाले जनाएको छ । कलेजले यस शैक्षिक सत्रका लागि आवेदन माग समेत गरिसकेको छ । इच्छुक व्यक्तिले साउन २८ गतेदेखि भदौ मसान्तसम्म आवेदन दिन सक्नेछन् ।