close

डेंगीविरुद्ध मुलुकमै पहिलो पटक वायो लार्भिसिद छर्कदै काठमाडौँ महानगर

डेंगीविरुद्ध मुलुकमै पहिलो पटक वायो लार्भिसिद छर्कदै काठमाडौँ महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं - काठमाडौं महानगरपालिकाले डेंगी रोग नियन्त्रणका लागि वायो लार्भिसिद छर्केने भएको छ । महानगरपालिकाले काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पल्ट वायो लार्भिसिद छर्कन लागेको हो । 

महानगरपालिकाका नगरप्रमुख बालेन शाह (बालेन्द्र) ले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै वायो लार्भिसिद छर्किन लागेको जनाएको हो । ‘यो औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ,’ उनले लेखेका छन्, ‘यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।’

उनका अनुसार डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालन हुँदै आएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको उनले जनाएका छन् । 

डेंगी रोगको उपचारको लागि आवश्यक औषधि वितरण गरिने उनले बताएका छन् । उनले स्ट्याटसमा लखेको छन्, ‘स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।’