close

युवाले पैदलमार्ग बनाएपछि...

युवाले पैदलमार्ग बनाएपछि...

Trulli
ADVERTISEMENT

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-४ मुदीको खाम्लाका स्थानीय युवाले पैदलमार्ग निर्माण तथा मर्मत गरेका छन् ।

वर्खाको समयमा विद्यार्थी जोखिम मोलेर विद्यालय जानुपर्ने बाध्यता भएपछि स्थानीय खाम्ला युवा क्लबको पहलमा पैदलमार्ग निर्माण तथा मर्मत गरिएको हो ।

'ज्यानकै बाजी राखेर विद्यार्थी दैनिक आवतजावत गर्नुपर्ने बाध्यता भएपछि सामुहिक श्रमदान गरी मर्मत गरिएको' स्थानीय केशरी शर्माले जानकारी दिए ।

क्लबले सडक मर्मत गरेपछि विद्यार्थी तथा स्थानीयलाई निकै सहज भएको छ । 

दुर्गम मुदीको खाम्ला, खिवाङ, चेचुङ, नाउरा र बगरा क्षेत्रका बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन् ।