close

बालेनको आईडिया बैंक : युवालाई उद्यमी बनाउने सोच

बालेनको आईडिया बैंक : युवालाई उद्यमी बनाउने सोच

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आब्हान गरेका छन् ।  काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रममा सहभागी हुनका लागि मेयर शाहले महानगरवासीलाई आब्हान गरेका हुन । 

‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो,’ उनले भनेका छन ।

‘तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाइ विद्यार्थी हुनुहुन्छ,’ भन्दै आइडिया बैंकमा आउन उनले अपिल गरेका हुन् । 

‘कसरी त्यसको  बिजनेश प्लान बनाउने,  इम्प्लिमेण्टेशन प्लान बनाउने, कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ,’ उनको अपिलमा भनिएको छ,’ विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ, तपाईँलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाइको साथमा छ ।

उनका अनुसार २०८० जेठ १९ गते भित्र निवेदन दिइसक्ने पर्नेछ ।