close

उत्पादनलाई बजारीकरण गर्न आँबुखैरेनीको हाटबजार

उत्पादनलाई बजारीकरण गर्न आँबुखैरेनीको हाटबजार

Trulli
ADVERTISEMENT

तनहुँ । आँबुखैरेनी गाउँपालिकाले कृषि हाटबजारलाई निरन्तर सञ्चालनमा ल्याएको छ । स्थानीय कृषि उत्पादनलाई बजारीकरण तथा प्रर्वद्धन गर्नको लागि गाउँपालिकाले हाटबजार सञ्चालन ल्याएको हो । 

गाउँपालिकाले 'हाम्रो बजारमा हाम्रै स्थानीय उत्पादन' भन्ने नारासहित सो बजार सञ्चालनमा ल्याएको जनाएको छ । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङका  अनुसार गाउँपालिकाले शुक्रबार र शनिबार सयबोटेमा हाट बजार सञ्चालनमा ल्याएको हो । 

उनले सुरुवाती दिनमा शुक्रबार मात्रै बजार सञ्चालन गरेपनि स्थानीय कृषकको मागलाई सम्बोधन गरी शनिबार थप गरी सातामा दुई दिन  सञ्चालन गर्दै आएको बताए । उनले बजारमा कृषकले उत्पादन गर्दै आएको तरकारी तथा सामग्रीहरु विक्रीको लागि राखिने गरेको बताए । 

स्थानीय कृषकको उत्पादित तरकारी तथा सामग्री ठेकेदारले लैजाने गरेपनि उचित मूल्य नपाएको उनले बताए । कतिपय अवस्थामा तरकारी लिन ठेकेदार नआउने र कृषकको सामग्री खेतबारीमै कुहिएर जाने गरेको उनले बताए । 

कृषकले उत्पादन गरेको सामग्री खेर नफाल्न, उचित बजारको व्यवस्थापन गर्न तथा ग्राहकको सहजताको लागि गाउँपालिकाले बजार सञ्चालनमा ल्याएको हो । उनले बजार सञ्चालनको लागि स्टल र गाडी भाडा निःशुल्क व्यवस्था गरेको बताए । 

हेर्नुहोस कृषिबजारको तस्वीर

तस्वीर: आँबुखैरेनी गाउँपालिकाकाे सामाजिक सञ्जालबाट साभार