close

मध्यविन्दुमा होमस्टे स्थापना

मध्यविन्दुमा होमस्टे स्थापना

Trulli
ADVERTISEMENT

नवलपरासी । मध्यविन्दु नगरपालिकामा नन्दपुर मगर सामुदायिक होमस्टे स्थापना भएको छ । नगरपालिकाको वडा नम्बर २ मा सो होमस्टे स्थापना भएको हो । 

नगरपालिका भित्र पर्यटन पर्वद्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वाससहित होमस्टे सञ्चालनमा ल्याएको   नगरप्रमुख भिमलाल अधिकारीले बताए ।  पर्यटन पर्वद्धन र होमस्टेको वृत्ति बिकासमा नगरपालिकाको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने नगरप्रमुख  अधिकारीले प्रतिबध्दता जनाएका छन् । 

मगर ७, थारु २ र ब्राह्मण १ गरी १० परिवारद्वारा स्थापित होमस्टेमा क्रमश थप परिवारहरु पनि समावेश हुदै जाने विश्वास उनको छ ।  नगरपालिकाको अन्यवडाहरुमा पनि क्रमशः सम्भाव्यता अध्ययन गर्दै पर्यटन पर्वद्धन गर्ने नीति लिएको उनले बताए ।