close

बर्दगोरियामा डिप ट्युवेल सिँचाइ बोरिङको उद्घाटन

बर्दगोरियामा डिप ट्युवेल सिँचाइ बोरिङको उद्घाटन

Trulli
ADVERTISEMENT

 कैलाली । बर्दगोरिया गाउँपालिकाले डिप ट्युवेल सिँचाइ बोरिङको उद्घाटन गरेको छ । गाउँपालिकाको अध्यक्ष कर्ण बहादुर कुँबरले एक कार्यक्रमको आयोजना गरी बोरिङको उद्घाटन गरेको हो । 

गाउँपालिकाको अनुसार वडा नम्बर ३ को बुट्कौवा स्थित राधाकृष्ण डिप ट्युवेल सिचाइ बोरिङको उद्घाटन गरेको हो । 

बोरिङबाट १६ वटा प्वाइन्ट (भल्भ) १६०० मिटर पाइप बिस्तार सहित ६० बिगाहा जमिनमा सिँचाइ सेवा उपलब्ध हुनेगरी निर्माण भएको उनले बताए । उनका अनुसार उक्त योजनाबाट २०० घरधुरी लाभाम्वित हुनेछन् ।

तस्वीर: बर्दगाेरिया गाउँपालिकाकाे सामाजिक सञ्जालबाट