close

तिलोत्तमामा जनप्रतिनिधि र कर्मचारी मिलेर नगर सरसफाई कार्यक्रम सम्पन्न (फोटो फिचर)

तिलोत्तमामा जनप्रतिनिधि र कर्मचारी मिलेर नगर सरसफाई कार्यक्रम सम्पन्न (फोटो फिचर)

Trulli
ADVERTISEMENT

रुपन्देही। तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर नगर सरसफाई गरेका छन्। तिलोत्तमाकाे नगर सरसफाई तथा हरियाली प्रवद्धन अभियानको १०८ औं शृंखलामा श्रावण १ गते सरसफाई कार्यक्रम सम्पन्न भएको हो। 

सरसफाइ अभियानको कार्यक्रम वडा नं.१४ को वडा कार्यालयको आयोजनामा टिकुलीगढका विभिन्न  टोल,   विद्यालय  परिसर,सडक किनार, भित्री टोल लगायतका स्थानमा भएको नगरपालिकाले जनाएको छ।

हरेक महिनाको १ गते र १५ गते गरिदै आएको यो अभियानमा नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्य र  वडा अध्यक्ष आश्विन पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको हो। तिलोत्तमा–१४ कार्यपालिका सदस्य रवि सेन्चुरी, वडा सदस्यहरु, स्थानियबासि, टोल विकास संस्था सहित खानेपानी अगुवा, आामा समूह, बाल क्लव र नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तस्बीर: तिलाेत्तमा नगरपालिकाको सामाजिक सञ्जालबाट