close

हरित पालिका निर्माणमा साकेला

हरित पालिका निर्माणमा साकेला

Trulli
ADVERTISEMENT

खोटाङ- साकेला गाउँपालिकाले वडा नम्बर २ मा वृक्षरोपन गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीको सहभागितामा बुधबार वृक्षरोपन गरेको हो । 

गाउँपालिकाको वातावरणमैत्री हरित पालिका निर्माण गर्ने अभियान अनुरुप सो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष  प्रमुख रवि प्रकाश राईले बताए । उनका अनुसार वडा नम्बर २ स्थित साकेला पार्कमा करीव २०० रुपैयाँ विरुवा रोपेको हो । 

उनले अशोक, गुल्मर, पारिजात र कल्की प्रजातीको विरुवा रोपिएको बताए। यस वर्ष मात्रै गाउँपालिकाको नेतृत्वमा सडक किनारा, गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय, सार्वजनिक स्थलहरुमा झण्डै दश हजार विरुवा रोपिएको उनले बताए  । 

गत वर्ष पनि गाउँपालिकाले प्रशासनिक भवन रहेको मानेभञ्ज्याङ एरियामा विभिन्न प्रजातिका विरुवाहरु रोपेको उनले सुनाए ।