close

श्रमदानमार्फत फल्चाको छाना

श्रमदानमार्फत फल्चाको छाना

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर जगरपालिकाको वडा नम्बर २ स्थित नारमल्ला फल्चाको श्रमदानमार्फत छाना छाएको छ ।  पुनःनिर्माणको क्रममा रहेको सो फल्चा स्थानीय जनताको श्रमदानमा छाना छाउने कार्य भएको हो । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त कार्यको  स्थलगत निरीक्षण गरेका छन् । सो फल्चा निर्माणको लागि नगरपालिकाले २९ लाखको लागत अनुमान गरेको छ । 

 फल्चाको छाना छाउने कार्यमा ८० भन्दा बढी स्थानीय जनताहरुले जनश्रमदान गरेका थिए ।