close

भक्तपुरको बाढीको निरिक्षण गर्दै नगरप्रमुख प्रजापति

भक्तपुरको बाढीको निरिक्षण गर्दै नगरप्रमुख प्रजापति

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कराण पालिकाक्षेत्रभित्र बाढीले पुर्याएको क्षतिको अवलोकन गरेका छन् । 

नगरप्रमुख प्रजापतिसहितको टोलीले मंगलबार वडा नं. १ धालाखुसी, वडा नं. ३ स्थित बाराही पुल, वडा नं. ४ स्थित राममन्दिर र शान्ति निकेतन मावि र वडा नं. ७ स्थित हनुमानघाट, थुसाचालगायत विभिन्न ठाउँमा बाढीले क्षति पुर्याएको क्षेत्रहरुमा स्थलगत निरीक्षण गरेका हुन् । 

विगत केही दिनदेखियता परेको वर्षाको कारण भक्तपुर नगरपालिकाको हनुमन्त्ते खोलामा आएको बाढीले नगरका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । डुबानले खोला छेउको धानबालीमा क्षति पुग्नुका साथै नजिकै रहेका विद्यालय, व्यापारिक भवन, अस्पताल र सम्पदाहरु समेत डुबानमा परेका छन् ।

 

तस्वीर : भक्तपुर नगरपालिकाको सामाजिक सञ्जालबाट