close

सापारु मार्गमा भक्तपुरको सरसफाई

सापारु मार्गमा भक्तपुरको सरसफाई

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा सरसफाई गरिएको छ । नगरपालिकाको आयोजनामा नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा मंगलबार बिहान मार्गको सरसफाई गरेको हो । 
 
भक्तपुरको दत्तात्रयबाट सुरु भएको सरसफाई ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इटाछेँ, खौमा हुँदै दरबार क्षेत्र फसिदेग अगाडि पुगी सभामा परिणत भएको थियो ।
 
नगरप्रमुख प्रजापतिले सचेतनामूलक सरसफाई कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवादज्ञापन गर्दै प्रदिक्षणा मार्गमा रहेका फोहोर व्यवस्थापन र जात्रा अवधिभर शान्तिपूर्ण वातावरण कायम गर्न सचेतना कार्यक्रम आयोजना गरेको बताए ।