close

भूकम्प पीडितलाई तिलोत्तमाको सहयोग : १० लाखसहित एउटा ट्रक र नगरप्रमुखको गाडीभरि सामग्री

भूकम्प पीडितलाई तिलोत्तमाको सहयोग : १० लाखसहित एउटा ट्रक र नगरप्रमुखको गाडीभरि सामग्री

Trulli
ADVERTISEMENT

रुपन्देही- तिलोत्तमा नगरपालिकाले रुकुमपश्चिमका भूकम्प प्रभावितको लागि नगरप्रमुखको गाडीसहित खाद्यान्न सामग्री पठाएको छ । नगरपालिकाले सोमबार नगरप्रमुख रामकृष्ण खाँणले प्रयोग गर्ने गाडीसहित खाद्यान्न सामग्री रुकुम पश्चिम पठाएको हो । 

नगरपालिकाका सूचना अधिकारी माधवप्रसाद पोखरेलका अनुसार नगरपालिकाको कार्यपालिका बैठकको निर्णय अनुरुप गाडीसहित सामग्री पठाएको हो । भूकम्प प्रभावितको सहयोगको लागि नगरपालिकाले दश लाख रुपैयाँ र पहिलो चरणको सहयोग /राहत घरको लागि चाहिने खाद्यान्न, तयारी खाजा, कपडा, ओड्ने, ओछ्याउने, पानी, औषधी, मेडिकल सामाग्री पठाएकाे उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार नगरपालिकाले कार्तिक १८ गते नै पालिकाकाे एउटा एम्बुलेन्स र पाँच जना स्वास्थ्यकर्मी पठाएको जाजरकाेटमा पठाइसकेकाे छ । 

'नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ निकासा गरी सहयोग गरेका छौँ,' उनले भने, 'सो रकम जिल्लास्तरीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको हो ।'

भूकम्प प्रभावितको सहयोगको लागि नगरपालिकाले स्थानीय बासिन्दा तथा स्थानीय संघ संस्थालाई आव्हान गरेको उनले सुनाए । सोही आव्हानबाट स्थानीय सरकार तथा संस्थाले कपडा, खाद्यान्न तथा सामग्री सहयोग गरेको उनले सुनाए । सोही सामग्री रुकुम पश्चिममा पठाइएको उनको भनाइ छ । 

नगरप्रमुखको लागि नगरपालिकाले हाल सवारी साधनको लागि व्यवस्थापन गर्न नसकेको उनले सुनाए । नगरप्रमुख खाणले निजी सवारी साधन प्रयोग गर्दै आएको उनको भनाइ छ ।