close

तस्बिरमा हेर्नुस् आजदेखि सञ्चालनमा आएको साइकल लेन

तस्बिरमा हेर्नुस् आजदेखि सञ्चालनमा आएको साइकल लेन

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिकाको मोहनापुल–अत्तरिया सडकखण्डमा छुट्टै साइकल लेन सञ्चालनमा आएको छ । 

सडकको दुबै साइड गरी करिब १६ किलोमिटर सडक खण्डमा साइकल लेन निर्माण गरिएको थियो । लेनको उद्घाटन कार्यक्रममा नगरप्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए ।

उपमहानगरको भैपरी आउने पुँजीगत शीर्षकबाट ४६ लाख ५० हजार बजेट रकमान्तर गरेर आधुनिक र सुविधासम्पन्न साइकल लेन बनाउने काम गरिएको उपमहानगरपालिकाले जनाएको छ । 

धनगढीको ६ लेन सडकमा साइकल लेन बनाउन उपमहानगरको नगरकार्यपालिका बैठकले निर्णय नै गरेर त्यसका लागि बोलपत्र आह्वान गरेको थियो । सुदूरपश्चिममै पहिलो पटक उपमहानगरपालिकाले साइकल लेन बनाएको हो । 

तस्बिर- जितेन्द्र रावल/धनगढी