close

लोसपामा लागे मर्चवारी पालिका अध्यक्ष

लोसपामा लागे मर्चवारी पालिका अध्यक्ष

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बनियाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । 
अध्यक्ष बनियासहित मर्चवारी गाउँ कार्यपालिका सदस्य पुनम मिश्रा, सुनिता हरिजन र राजेश हरिजनले पनि जनता समाजवादी पार्टी विभाजनपछि महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपा रोजेका हुन् ।
बनियासहित मर्चवारीका चार जना जनप्रतिनिधिले बिहीबार जिल्ला निर्वाचन कार्यालय रूपन्देही पुगेर लोसपामा रहने गरी सनाखत गरेका हुन् ।

अध्यक्ष बनियासँगै गाउँकार्यपालिका सदस्यले निर्वाचन कार्यालयमा सनाखत गरेको रूपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले जानकारी दिए ।
लोसपा रोजेका बनिया तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मर्चवारी पालिकाको अध्यक्ष निर्वाचित भएका थिए । 
२२ भदौमा कार्यालय समयभित्र नयाँ दर्ता भएको दलमा लाग्ने जनप्रतिनिधिको हकमा निर्वाचन कार्यालयमा सनाखत गर्ने समयसीमा तय भएको छ । 

जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका अनुसार शुक्रबारम्म अरू कुनै दलका जनप्रतिनिधि दल रोज्न आएका छैनन् ।