close

ओखलढुंगामा नेकपा एकीकृत समाजवादी रोज्ने एक्ला जनप्रतिनिधि !

ओखलढुंगामा नेकपा एकीकृत समाजवादी रोज्ने एक्ला जनप्रतिनिधि !

Trulli
ADVERTISEMENT

ओखलढुंगा– ओखलढुंगामा आइतबारसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिमध्ये एक जनाले मात्र नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । आइतबार लिखु गाउँपालिका कार्यपालिका सदस्यमा एमालेबाट निर्वाचित मावर सुनुवारले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

 

उनी नेकपा एमालेका जिल्ला कमिटी ओखलढुंगाका सचिवालय सदस्य हुन् । माधव नेपाल समूहको उनी जिल्ला कमिटीमा उपसचिवसमेत थिए । ओखलढुंगास्थित जिल्ला निर्वाचन कार्यालय पुगेर उनले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन् । 

 

उनले भने, ‘ओखलढुंगामा समाजवादी रोज्ने म नै पहिलो जनप्रतिनिधि हुँ । मंगलबारसम्म समय छ, साथीहरू अरु पनि थपिनुहुन्छ ।’ 

 

पार्टीमा सनाखत गर्न सुनुवार कानुनी पृष्ठभूमिका नेता मेखबहादुर खड्का र अखिल फोर्सका जिल्ला संयोजक किसान खत्रीलाई सँगै लिएर निर्वाचन कार्यालय पुगेका थिए । 

 

एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर लोकतान्तिक समाजवादी पार्टी गठन भएपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न २२ भदौसम्मको समय दिएको छ ।

 

ओखलढुंगा एमाले केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारको प्रभावसमेत भएको जिल्ला भएकाले नयाँ पार्टी रोज्ने जनप्रतिनिधि न्यून देखिएका छन् ।