close

क्षेत्रीय प्रतिनिधि चयन भए गृहमन्त्री खाँण 

क्षेत्रीय प्रतिनिधि चयन भए गृहमन्त्री खाँण 

Trulli
ADVERTISEMENT

रूपन्देही– तिलोत्तमा नगरपालिका वडा नम्बर ८ को कांग्रेस वडा अधिवेशनले पुनः केशवराज अर्यालको सभापतित्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।


उपसभापतिमा एकनारायण पाण्डे र राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । समितिको सचिवमा इन्द्रप्रसाद पाण्डे र चन्द्रमणि अर्याल चयन भए भने सहसचिवमा डिल्लीराज भट्टराई र इन्दिरा कँडेललाई अधिवेशनले छनोट गरेको हो ।


कांग्रेसको विधानअनुसार कोषाध्यक्ष तथा केही सदस्य मनोनीत हुने व्यवस्था छ । अधिवेशनले २० सदस्यसमेत चयन गरेको छ । 
अधिवेशनबाट २५ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।


कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण विधानअनुसार स्वतः क्षेत्रीय प्रतिनिधि चयन भएका छन् भने उनीसहित मोहनराज शर्मा, हरिलाल पाण्डे, हरिप्रसाद ज्ञवालीलगायत २५ जना क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।