close

कांग्रेस महाधिवेशन : हुम्लाका २३ वटा वडामा सकियो, २१ वडा अझै बाँकी

कांग्रेस महाधिवेशन : हुम्लाका २३ वटा वडामा सकियो, २१ वडा अझै बाँकी

Trulli
ADVERTISEMENT

हुम्ला– नेपाली कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा वडास्तरीय प्रतिनिधि छनोट जारी छ । हुम्ला कांग्रेसको अधिवेशनले २३ वडामा सर्वसम्मत नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन गरेको छ । शुक्रबारबाट सुरु भएको वडा अधिवेशनमा २१ वटा वडाको भने अझै नेतृत्व छनोट हुन सकेको छैन ।


कांग्रेस सभापति जयपति रोकायाका अनुसार हालसम्म २३ वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । ७ वटै पालिका गरी ४४ वडा रहेको हुम्लामा २१ वडा अधिवेशन सुरु भएसँगै अन्यत्र सर्वसम्मत नेतृत्व चयन जारी छ ।


यसरी सर्वसम्मत नेतृत्व चयन गर्नेमा नाम्खा गाउँपालिकाका ६ मध्ये ५ वटा वडा, सीमकोटका ८ मध्ये ७ वटा वडामा अधिवेशन सम्पन्न भएको छ । यस्तै, खार्पुनाथका ५ वटै वडा, चंखेलीका ६ मध्ये २ वटा वडामा, अदानचुलीका ६ मध्ये ३ वटा वटामा, ताजाकोटका ५ मध्ये एउटा वडामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ ।


बाँकी २१ वटा वडामा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास भइरहेको छ । कांग्रेस केन्द्रबाट खटिएका जिल्ला निर्वाचन अधिकृत दुर्गा सापकोटाका अनुसार सञ्चार असुविधाका कारण अधिवेशनका सूचना संकलन गर्न कठिन भएको छ । गाउँपालिकाका वडाबाट अधिवेशन सम्पन्न भएको जानकारी प्राप्त हुन थालेको उनले बताए ।


अधिवेशन सम्पन्न गराउन खटिएका मतदान अधिकृतका लागि निर्वाचन प्रक्रियाबारे अभिमुखीकरण अभावमा केहीमा समस्या भएको बताइएको छ । कांग्रेस हुम्लाका सबै वडामा शुक्रबारबाट वडा अधिवेशन सुरु भएको थियो ।


यसका लागि पार्टीको समन्वयमा निर्वाचन अधिकृतले वडाका सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक संघमा आबद्ध शिक्षकलाई मतदान अधिकृतमा खटाइएको थियो । यसअघि कांग्रेस समर्थक शिक्षकलाई मतदान अधिकृत तोकिएको भन्दै संघको आपत्तिपछि उनीहरूको नाम हटाइएको थियो ।