close

दलबदलमा लागिन् सिद्धार्थनगरकी उपमेयर

दलबदलमा लागिन् सिद्धार्थनगरकी उपमेयर

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी रोजेकी छिन् ।


उप–प्रमुखको नेतृत्वमा बुटवलका केही वडा सदस्यले सोमबार जिल्ला निर्वाचन कार्यालय रूपन्देहीमा एकीकृत समाजवादीमा रहने गरी सनाखत गरेका हुन् ।


काफ्लेको नेतृत्वमा एकीकृत समाजवादी रोज्नेमा बुटवल उपमहानगर वडा नम्बर २ का वडा सदस्य सुनील शाक्य, वडा नम्बर ३ का वडा सदस्य चिनबहादुर गुरुङ, वडा नम्बर १९ का वडा सदस्य गोपाल नेपाल र तिलोत्तमा नगरपालिका कार्यसमिति सदस्य यज्ञेश्वर क्षेत्री रहेको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राजु गुरुङले बताए ।


२२ भदौसम्म दल रोज्न सकिने समय भएकाले थप जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा जाने उनको दाबी छ ।