close

मेरिङ्देन उपाध्यक्षसहितका जनप्रतिनिधिले छाडे एमाले 

मेरिङ्देन उपाध्यक्षसहितका जनप्रतिनिधिले छाडे एमाले 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिका उपाध्यक्ष कल्पना तुम्बाहाम्फेसहित थप ४ जनाले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् । योसहित सोमबारसम्ममा नेकपा एसका पक्षमा यहाँका १३ जना जनप्रतिनिधिले सनाखत गरेका हुन् ।


आइतबार ९ जनाले खनाखत गरेकामा सोमवार ४ जनाले नेकपा एसका पक्षमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले पुष्टि गरेको छ । सोमबार तुम्बाहाम्फेसहित मेरिङ्देन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष गणेशप्रसाद भण्डारी, मेरिङ्देन कार्यपालिका सदस्य गौमाया साँवा (सामेखाम) र फुङ्लिङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य जीतहाङ थलङले सनाखत गरेका हुन् ।

 

आइतबार जिसस उपप्रमुख देवीमाया नेपालीसहित मेरिङ्देन वडा नम्बर ६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू, जिल्ला समन्वय समिति सदस्य निमातेञ्जी शेर्पा, मेरिङ्देनका प्रवक्तासमेत रहेका कार्यपालिका सदस्य सूर्यमान बराइली, मेरिङ्देन कार्यपालिका सदस्य दोर्जी शेर्पा, मेरिङ्देन वडा नम्बर ३ खाम्लुङका वडा सदस्य गजेन्द्रकुमार नाल्वो र सोही वडाका दलित महिला सदस्य दिलमाया नेपालीले एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका छन् ।


यस्तै, मेरिङ्देन वडा नम्बर २ का वडा सदस्य पूर्णबहादुर कामी र मेरिङ्देन वडा नम्बर १ का वडा सदस्य मानबहादुर लिम्बूले सनाखत गरेका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा यहाँका ९ स्थानीय तहमध्ये नेकपा एमालेले ५ प्रमुख, अध्यक्ष र ५ उपाध्यक्ष पदमा विजय हासिल गरेको थियो ।

 

जिल्ला समन्वय समिति चुन्न मताधिकार प्राप्त १८ मध्ये नेकपा एसमा तुम्बाहाम्फेको पहिलो उपस्थिति हो । जिससका पदाधिकारी तथा सदस्यका लागि स्थानीय तहका प्रमुख, अध्यक्ष र उपाध्यक्ष मात्र मतादाता हुन्छन् । 


निर्वाचन आयोगले नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी प्रवेशका लागि २२ भदौ सम्मको समायवधि तोकेको छ । जिल्ला समन्वय समितिमा नेतृत्व हासिल गर्दा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन १२ तथा उपप्रमुख नेपाली १० मतसहित विजयी बनेका थिए । 

 

२ उपप्रमुख पदमा विजय हासिल गरेको माओवादी केन्द्रले जिससमा आफ्ना पक्षका उम्मेदवार नभएपछि प्रमुख पदमा एमाले र उपप्रमुुखमा कांग्रेसलाई मत दिएको थियो ।

 

४ अध्यक्ष र २ उपाध्यक्ष जितेको कांग्रेसले जिससमा उठाएका प्रमुख पदका उम्मेदवार सुरेन्द्र इवारामले ६ तथा उपप्रमुख पदका उम्मेदवार गीताकुमारी सेन्दाङले ८ मत ल्याएकी थिइन् ।