close

हुम्लाका पाँच जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा 

हुम्लाका पाँच जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा 

Trulli
ADVERTISEMENT

हुम्ला–हुम्लाको स्थानीय तहका पाँच जनप्रतिनिधि एमाले छाडेर नेकपा एकीकृत समावादीमा समाहित भएका छन् । स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित ५ जनप्रतिनिधिले मूलधार त्यागेर माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी रोजेका हुन् ।


जिल्ला समन्वय समितिका एक जना र गाउँपालिका कार्यपालिका सदस्यसहित वडामा निर्वाचित ५ जनाले एमाले छाडेका हुन् । जिल्ला निर्वाचन अधिकारी ओमप्रकाश महतोले एमालेबाट निर्वाचित ५ सदस्यले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको बताए । जिल्ला समन्वय समितिका सदस्य अजवीर शाहीले एमाले त्यागेको बताए ।


शाहीलगायत अदानचुली पालिकाको कार्यपालिका सदस्य पम्फा शाही, वडा नम्बर ३ का वडा सदस्य गोर्ख थापा, खड्क बुमी र वडा नम्बर ४ का वडा सदस्य हस्त बुमीले दल त्यागमा सनाखत गरेका छन् ।


यसअघि अदानचुलीको कार्यपालिका सदस्यमा एमालेबाट १४ सदस्यीय निर्वाचित भएकामा अब यो संख्या १० जनामा सीमित भएको छ । पार्टी चोइटिएपछि पहिलो पटक हुम्ला आएका युवा संघका सचिव हस्तबहादुर शाही, एमाले सचिव तीर्थराज रोकाया र प्रदेश कमिटी सदस्य शिवराज शर्मालगायतको उपस्थिति पाँचै जनाले दल त्यागको दस्तखत गरेका हुन् ।