close

कांग्रेस बैतडीको पालिका अधिवेशन : अधिकांशमा सर्वसम्मत नेतृत्व चयन 

कांग्रेस बैतडीको पालिका अधिवेशन : अधिकांशमा सर्वसम्मत नेतृत्व चयन 

Trulli
ADVERTISEMENT

बैतडी– नेपाली कांग्रेसको जारी पालिका अधिवेशनमा बैतडीको सुर्नया गाउँपालिकामा प्रतापसिंह महराको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।उपसभापतिमा करवीरसिंह ऐरी र राजेन्द्र लुहार, सचिवमा उत्तमबहादुर चन्द र सुन्दरसिंह विष्ट, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत चयन भएका छन् । 

 

शिवनाथ गाउँपालिकामा पनि ३९ सदस्यीय गाउँपालिका कार्यसमिति सर्वसम्मत चयन भएको छ । समितिको सभापतिमा हिरा चन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी र गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर र लक्ष्मणदत्त पन्त निर्विरोध चयन भएको मतदान अधिकृत जनकबहादुर चन्दले जानकारी दिए । 

 

पञ्चेश्वर गाउँपालिकाको कार्यसमिति पनि सर्वसम्मत चयन भएको छ । पालिका सभापतिमा रामबहादुर चन्द चयन भएका छन् भने उप–सभापतिमा धीरज चन्द र जमनसिंह साउद चयन भए ।


सचिवमा गजेन्द्र चन्द र टंकप्रसाद तिवारी चयन भएका छन् भने सह–सचिवमा वीरबहादुर चन्द र वीरेन्द्र भण्डारी चुनिएको युवा नेता प्रकाश चन्दले बताए । जिल्ला सदरमुकाम पालिका दशरथचन्द नगरपालिकाको कांग्रेस सभापतिमा भुवनराज भट्ट प्यानलसहित विजयी भएका छन् । उप–सभापतिमा सुरजबहादुर चन्द र हरिशराम टमटा निर्वाचित भए । सचिवमा श्यामबहादुर चन्द र गणेशसिंह थापा, सह–सचिवमा उत्तमराज जोशी र राजेन्द्र बडु विजयी भएका छन् । 


पुर्चौडी नगरपालिका कांग्रेस सभापतिमा गणेशसिंह गडाल विजयी भएका छन् । उप–सभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महराले जितेका छन् । सचिवमा राजबहादुर जोशी र रिकेश महरा विजयी भए भने सह–सचिवमा सरोज बम र दिलबहादुर साउदले बाजी मारे । 


दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट प्यानलसहित विजयी भएकाछन् । उप–सभापतिमा रामसिंह विष्ट र कलकुते कार्की विजयी भएका छन् ।
यसैगरी सचिवमा कर्कराज जोशी र दानबहादुर विष्ट विजयी भएका छन् भने सह–सचिवमा सुशीला विष्ट र दीपेन्द्रसिंह कार्की विजयी भएको तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्टले बताए । 


मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट निर्वाचित भएका छन् । उपसभापतिमा भरतसिंह पुजारा र राजबहादर चन्द विजयी भएका छन् । यसैगरी सचिवमा अशोक विष्ट र सुरेन्द्र भट्ट तथा सह–सचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोखे्रल विजयी भएका तरुण दलका जिल्ला उपाध्यक्ष महेशदत्त भट्टले बताए । मेलौलीमा देउवा पक्षका उम्मेदवार विजयी भएको उनको भनाइ छ । 


सिगास गाउँपालिकाको सभापतिमा कर्णबहादुर ऐर निर्वाचित भएका छन् । उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद विजयी भएका छन् ।  यस्तै, सचिवमा टेकबहादुर चन्द र भानसिंह धामी तथा सह–सचिवमा गोविन्द अवस्थी र प्रकाश जोशी विजय भएको युवा नेता केदार अवस्थीले बताए । 

 

डिलासैनी गाउँपालिकाको सभापतिमा जयराज जोशी निर्वाचित भएका छन् । उप–सभापतिमा रामनाथ र शंकर विष्ट विजयी भएका छन् । सचिवमा मदननाथ र शंकर पन्त निर्वाचित भए भने सह–सचिवमा दिला नाथ र विक्रम कार्की विजयी भएको तरुण दल बैतडीका उपाध्यक्ष कर्ण रानाले बताए ।