close

बागलुङका बहुसंख्यक वडामा सकियो एमाले वडा अधिवेशन

बागलुङका बहुसंख्यक वडामा सकियो एमाले वडा अधिवेशन

Trulli
ADVERTISEMENT

बागलुङ– नेकपा एमालेको दसौँ केन्द्रीय महाधिवेशनका लागि शनिबार धेरैजसो वडामा अधिवेशन सम्पन्न भएका छन् । केही वडामा भने तयारी पूरा नभएकाले रोकिएका छन् । बागलुङ नगरपालिका वडा नम्बर ३ को अधिवेशन उद्घाटन गर्दै केन्द्रीय सदस्य मनकुमारी केसीले पार्टी बलियो बनाउन प्रतिबद्ध कार्यकर्ता चाहिने बताइन् । 

 

कार्यक्रममा नगर प्रमुख जनकराज पौडेलले युवालाई सक्रिय बनाएर अगाडि बढ्दा निर्वाचन र पार्टी संगठनमा सफल भइने दाबी गरे । अधिवेशनले कमल खड्काको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको छ । उपाध्यक्षमा लक्ष्मण शर्मा, सचिव डोलेन्द्र केसी, उपसचिवमा रुपेश शर्मा र दुर्गाकुमारी शर्मा चयन भएका छन् ।

 

बागलुङ नगरपालिका वडा नम्बर १ मा सूर्य लामिछानेको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । उपाध्यक्षमा मनोज बोहरा, सचिवमा नवराज गौतम तथा उपसचिवमा धना बोहरा र मुकुन्द शर्मा निर्विरोध चयन भएका छन् । 

 

बागलुङ नगरपालिका वडा नम्बर २ मा तोयानाथ गौतमको अध्यक्षतामा नयाँ कमिटी चयन भएको छ । उपाध्यक्षमा बुद्धिमाया थापा, सचिवमा तेजबहादुर थापा तथा उपसचिवमा अञ्जन शर्मा र विष्णु विक रहेका छन् ।  वडा नम्बर ४ मा धेरै आकांक्षी भएकाले अध्यक्ष मण्डललाई जिम्मा दिइएको बताइएको छ । उक्त अधिवेशनमा अध्यक्ष इन्द्रलाल सापकोटालगायतले उम्मेदवारी दिएका दिएका छन् ।

 

वडा नम्बर ५ मा गोविन्द सापकोटाको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । वडा नम्बर ६ र ७ मा पनि राती अबेरसम्म टुंगो नलागेको बताइएको छ । वडा नम्बर ८ मा सुरेश मल्ल, वडा वडा नम्बर १० मा विजय थापा, अध्यक्ष चयन भएका छन् । वडा नम्बर ११ मा अधिवेशन सुरु भएको छैन । वडा नम्बर १२ मा ज्ञानेन्द्र ढकाल अध्यक्ष चयन भए ।

 

वडा नम्बर १३ मा आकांक्षी धेरै भएकाले टुंगो लागेको छैन । वडा नम्बर १४ मा महेन्द्र शर्मा निर्विरोध अध्यक्षमा चयन भएका छन् । शनिबार अधिवेशन भएकामध्ये अधिकांशमा निर्विरोध पार्टी कमिटी चयन हुने पार्टी अध्यक्ष इन्द्रलाल सापकोटाले बताए । पार्टीको तयारी कम भएको र अतिथि लैजान नसकेको भन्दै ताराखोला, बरेङ, निसीखोला र तमानखोलाका वडामा भने शनिबार कार्यक्रम सुरु मात्रै भएका छन् ।

ती पालिकामा १० कात्तिकभित्र अधिवेशन गरिसक्ने तयारी बनेको सापकोटाले जानकारी दिए ।  जिल्लाको जैमिनी नगरपालिकामा सुरु भएको एमालेको पहिलो वडा अधिवेशनले केही वडामा मात्रै सर्वसम्मत नेतृत्व टुंगो लगाएको छ । १० वटा वडा रहेको नगरमा ६ वटा वडामा नेतृत्व टुंगो लागेको हो । 

 

जैमिनी वडा नम्बर १ कुश्मीशेरा वडा कमिटीको अध्यक्षमा चन्द्रबहादुर थापा चयन भएका छन् । जैमिनी वडा नम्बर २ मा नामदेव चापागाईं, वडा नम्बर ३ मा मोहन छन्त्यालको नेतृत्वमा कमिटी गठन भएको छ । वडा नम्बर ५ बिनामारेमा कृष्णबहादुर हमाल, वडा नम्बर ७ जैदीमा हिरामणि चालिसे र वडा नम्बर ८ छिस्तीमा कुलबहादुर पुनको अध्यक्षतामा एमाले वडा कमिटी गठन भएको गण्डकी प्रदेश कमिटी सदस्य लीला रानाले बताए ।

 

बाँकी वडामा शनिवार उद्घाटन भएको अधिवेशन जारी रहेकाले सर्वसम्मत नेतृत्व चयन हुने उनले जानकारी दिए । यस्तै, काठेखोला गाउँपालिकाका ६ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । दुई वडामा अधिवेशन सुरु भए पनि नेतृत्व चयन हुन समय लागेको हो । काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीमा डम्मरसिंह घर्ती अध्यक्ष भए । वडा नम्बर ७ रेशमा भूमिराज शर्मा गौतम र वडा नम्बर ६ बिहुँमा थानेश्वर कँडेल नेतृत्वमा सर्वसम्मत कमिटी गठन भएको छ । 

 

वडा नम्बर ४ मा सुरेश घर्ती नेतृत्वमा वडा कमिटी गठन भएको काठेखोला गाउँ कमिटी अध्यक्ष डिलबहादुर कार्कीले बताए । वडा नम्बर ३ धम्जामा खिम छन्त्याल र वडा नम्बर १ पालामा भीमबहादुर खड्का नेतृत्वमा सर्वसम्मत कमिटी गठन भएको छ । जैमिनी र काठेखोलामा अधिकांश पुरानै अनुहार देखिएका छन् । 


बडिगाड गाउँपालिका वडा नम्बर १ मा रिमबहादुर भुजेल, वडा नम्बर २ मा खगिश्वर अर्याल, वडा नम्बर ३ मा गोपीराम काउचा र वडा नम्बर ४ मा अनराम छन्त्याल अध्यक्ष चयन भएका छन् ।  वडा नम्बर ५ मा धु्रव घिमिरे, वडा नम्बर ६ मा फौजबहादुर केसी, वडा नम्बर ७ मा गंगाबहादुर गुरुङ, वडा नम्बर ८ मा भीमबहादुर बलाल, वडा नम्बर ९ मा पानबहादुर केसी र वडा नम्बर १० मा गुञ्जमान बुढा अध्यक्षमा चयन भएका छन् । 

 

त्यस्तै, ढोरपाटन नगरपालिका वडा नम्बर १ मा सुरज विक, वडा नम्बर २ मा फारम कुँवर, वडा नम्बर ३ मा लीला छन्त्याल र वडा नम्बर ४ मा उमेश सिर्पाली अध्यक्ष चयन भएका छन् । वडा नम्बर ५ मा शिवराज कँडेल, वडा नम्बर ६ मा ज्ञानिन विक र वडा नम्बर ७ मा अमर बुढामगर अध्यक्ष चयन भएका छन् । हालसम्म वडा नम्बर ८ र ९ मा कमिटी चयन भएको छैन ।