close

खोटाङ कांग्रेसको प्रदेश निर्वाचनमा राई र घिमिरे विजयी 

खोटाङ कांग्रेसको प्रदेश निर्वाचनमा राई र घिमिरे विजयी 

Trulli
ADVERTISEMENT

खोटाङ–नेपाली कांग्रेस खोटाङको प्रदेश क्षेत्र ‘क’ सभापतिमा राजेन्द्र राईको प्यानल विजयी भएको छ । शुक्रबार महेन्द्रोदय मावि हलेसीमा सम्पन्न अधिवेशनबाट राईको सिंगो प्यानलै विजयी भएको हो ।

 

निकटतम प्रतिद्वन्द्वी भक्तजंग राईलाई ९२ मतले पछि पार्दै राजेन्द्र क्षेत्रीय सभापति चुनिए । राईको प्यानलबाट उपसभापतिमा बालकुमार राई, मित्रलाल पुरी, सचिवमा राजन भट्टराई, ज्ञानेन्द्र राई र सह–सचिवमा पृथ्वीनारायण आचार्य एवं भूपेन्द्र खनाल विजयी भए । 

 

राजेन्द्रलाई पूर्वपार्टी सभापति विष्णुकुमार राई, पूर्वमहासमिति सदस्य तथा पूर्वपार्टी सभापति सुवासकुमार पोखरेल र महासमिति सदस्य रविप्रकाश राई, १ नम्बर क्षेत्रीय सभापति तथा हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईको समर्थन थियो । भक्तजंगलाई संस्थापनका नेता पूर्वराज्यमन्त्री सवर्धन राईले समर्थन गरेका थिए । 

 

प्रदेश क्षेत्र ‘ख’ सभापतिमा दिनेशकुमार घिमिरे विजयी भएका छन् । शुक्रबार सिमपानी क्याम्पस सिमपानीमा सम्पन्न अधिवेशनबाट घिमिरे विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी चण्डीकुमार राईलाई ५६ मतले पछि पार्दै घिमिरे क्षेत्रीय सभापति बनेका हुन् । घिमिरेले ३३१ मत प्राप्त गरे ।

 

उपसभापतिमा महेन्द्र राई, रामचन्द्र केसी विजयी भएका छन् । दिनेश प्यानलबाट राई र चण्डी प्यानलबाट केसी उपसभापतिमा विजयी भए । घिमिरे प्यानलबाट सचिवमा प्रवीण राई र समराज राई तथा सह–सचिवमा राजकुमार बस्नेत र कमल प्रधान विजयी भएका छन् ।

 

घिमिरेलाई पूर्वपार्टी सभापति विष्णुकुमार राई, पूर्वराज्यमन्त्री सवर्धन राई, महासमिति सदस्य तथा पूर्वपार्टी सभापति सुवासकुमार पोखरेल, महासमिति सदस्य रविप्रकाश राई र क्षेत्रीय सभापति तीर्थराज भट्टराईको समर्थन थियो भने चण्डीकुमारलाई महाधिवेशन प्रतिनिधि तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईको समर्थन थियो ।