close

एमाले अध्यक्ष ओली भन्छन् : एमाले बाहेकका अरु दल कांग्रेसको औँला नसमाती हिँड्नै सक्दैनन् 

एमाले अध्यक्ष ओली भन्छन् : एमाले बाहेकका अरु दल कांग्रेसको औँला नसमाती हिँड्नै सक्दैनन् 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्न सक्षम रहेको बताएका छन् ।     काठमाडौं महानगरपालिकाले शनिबार आयोजना गरेको नेपाल सम्वत् ११४२ शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमाले कसैको वैशाखी नटेकेर आफैँ निर्वाचनमा लड्न सक्षम रहेको बताएका हुन् । 

 

‘हामी आफैँ निर्वाचन लड्न सक्षम छौँ । आफैँ जित्छौँ’, उनले भने । अध्यक्ष ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई देख्न नसक्नेहरुले फुटाएको आरोप लगाउँदै एमालेलाई सिध्याउन सबै राजनीतिक दल आए पनि केही फरक नपर्ने बताए । ‘सत्ता गठबन्धनका केही दलले निर्वाचनसम्म सँगै जान्छौँ भनेका छन्’, उनले भने, ‘तर नेपाली कांग्रेसले त्यसो भनेको हामीले सुनेका छैनौँ । अरु दल कांग्रेसको औँला नसमातेर हिँड्न सक्दैनन् ।’

 

    
काठमाडौँ महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका नागरिकलाई सर्वसुलभ सेवा पुर्‍याइरहेको बताए । उनले साझा यातायातमा ज्येष्ठ नागरिक र पाँच वर्षभन्दामुनि बालबालिकालाई निःशुल्क सेवा दिइरहेको जानकारी दिए ।  महानगरका कमिटीका अध्यक्ष निर्मल देउलाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउने बताए ।